बबई नदिको सरसफाईमा अधिकारकर्मी : पहाडी



दाङ। अधिकारकर्मीहरुले दाङको बबर्ई नदि सरसफाई गरेका छन । मानव अधिकार तथा शान्ति समाजको मंसीर २७ र २८ गते हुन लागेको २२ औ राष्ट्रिय परिषद् बैठकमा सहभागि हुन आएका शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी लगायतले बबई नदिको फोहर ब्यबस्थापन गरेका हुन । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ र १२ का बबई नदि किनारामा यत्रतत्र रहेको फोहर संकलन गरीएको शान्ति समाजका केन्द्रीय महासचिब सुशील बस्नेतले जानकारी दिए ।

सरसफाई कार्यक्रममा शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनी, बरिष्ठ उपसभापति गोबिन्द खनाल,महासचिब सुशील बस्नेत,तुलसीपुर उपमहानगरपालिका का कार्यपालिका सदस्य अमर नेपाली माईकल, लोककवी अर्जुन पराजुली,सामाजीक अभियान्ता लोकेश ढकाल,२२ औ राष्ट्रिय परिषद् बैठक मुलतयारी समितिका संयोजक शरद रेग्मी,शान्ति समाजका दाङका पूर्ब सभापति तेजबहादुर कार्की,स्थानियबासीन्दा,पत्रकार लगायतको सहभागिता थियो । सरसफाई कार्यक्रम समापन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिकाका सदस्य अमन नेपाली माईकलले बोलेका थिए ।

त्यसअघि केशवराज झुपाकुमारी बृद्ध आश्रम तुलसीपुर १२ रझेनामा बृक्षारोपन गरीएको छ । शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले रुद्धराक्षको बिरुवा रोपेर बृक्षारोपण कार्यक्रम प्रारम्भ गरीएको थियो । त्यसअवसरममा शान्ति समाजका संस्थापक सभापति पहाडीले घरघरमा बिरुवा रोपेर वातावरण अनुकुलन समाज बनाउनुपर्ने सुझाब दिए । सो कार्यक्रममा शान्ति समाज केन्द्रीय कार्यसमितिका सभापति उत्तम पुडासैनी,बरिष्ठ उपसभापति गोबिन्द खनालले सम्बोधन गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्