बझाङ ,
राजनितिले गर्दा बस्तीनै उच्च जोखिमा परेको छ । बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालीकाको वडा नम्वर ६ मा पर्ने मछाईनी पातल गाउँको एक बस्ती उच्च जोखीममा परेको छ । मौषम परिर्वतन संगै भिरालो जग्गामा रहेका केही घरहरु उच्च जोखीममा पहिलोका कारण जोखीममा परेका हुन ।
खप्तड छान्ना गाउँपालीका वडा नम्वर ६ मा पर्ने साविक वडा नम्वर ५ अन्तरर्गत पर्ने मछाईनी पातलका करिव २२ घरदुरी जनसंख्याको आधारमा करिव १५० जनसंख्या पहिरो उच्च जोखीममा रहेको स्थानीय बासिको भनाई छ ।
स्थानीय भिम बहादुर खड्काका अनुसार लामो समय देखी पहिरोको उच्च जोखीममा रहेका घरमा स्थानीय तह देखी विभिन्न निकायमा पहिरो रोकावट अथवा तड्वन्धन र ढल निकासको लागी निवेदन दिएता पनि निकायले चासो नदेखाएको खड्काको भनाई रहेको छ । संगै पहिरोको उच्च जोखिममा रहेका अर्का स्थानी कविराज खड्काले भन्नु भयो, हाम्रो बस्तीमा करिव २२ घरपरिबार बसोवास गदै आएका छन । हामी अत्यन्तै पहिरोको उच्च जोखिमा परेका कारण कुन दिन हाम्रो उठीवास लाग्ने हो थाहै छैन भन्दै दुखेसो पोखेका छन ।
खप्तड छान्ना ६ पाटादेवलको मछाईनी पातलका स्थानीले विभिन्न निकाय तथा खप्तड छान्ना गाउँपालीका र वडा नम्वर ६ को कार्यालयमा बस्तीको बचाउँ गर्न केही महिना अगाडी निवेदन दिएका थिय । हो स्थानीय तह गाउँपालीकाले निवेदनको सुनुवाई त गर्यो र मछाईनी पातल तड्वन्धन भनेर २०७५।०७६ मा वडाको रातो कितावमा पनि निकाल्यो जसको लागत ३ लाख रहेको थियो, तर विडम्वना सोही योजना बस्ती बचाउँनको लागी नभएर राजनीतीक पुर्वा ग्राही राख्दै,जलविधुत आयोजनामा हालेको स्थानीय बासिन्दाहरुले बताउँनु भएको छ ।
करोडौ रुपैया स्थानीय तहमा आएता पनि अहीले बस्तीलाई बचाउँनको लागी स्थानीय तहमा मछाईनी पातलका स्थानीयले निवेदन दिएको निवेदनको तर सुनुवाई नभएको र पहिलो बर्षमा निवेदको सुनुवाई भएको र मछाईनी पातल तड्वन्धन भनेर कितावमा उल्लेख भएता पनि राजनिती पुर्वा ग्राहीले योजना फरेरीएको स्थानीय केशव खड्को भनाई रहेको छ ।
यता गाउँपालीका अध्यक्ष वर्क बहादुर रोकायालाई सोद्या राजनैती पुर्व ग्राही नगरेको तर योजना फरेरीएको उनको भनाई छ । उनले समस्या भएका स्थानमा अझै बजेट राख्न सकिने बताउँनु भएको छ । यता वडा नम्वर ६ पाटा देवलका कावा अध्यक्ष प्रेम थापालाई सोद्या मछाईनी पातलमा मात्र समस्या नभई अन्यस्थानमा पनि समस्या देखा परेको र आफु लागी परेको उनको भनाई छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।