आफ्ना बेपत्ता श्रीमानको खोजी र जीवन रक्षा माग गर्दै दाङको राजपुर गाउँपालिका(३ करंगा निवासी मीना बिकले निवेदन दिएकी छन्।
३१ वर्षीय पति वीरबहादुर बिक गत असोज ३० गतेदेखि सम्पर्कविहीन रहेको उनले बताएकी छन् । पतिको जीवन रक्षाको पहल गरिदिन भन्दै मीनाले अधिकारकर्मी, प्रहरी, प्रशासन, पत्रकार महासंघ, बार एसोसिएसनलगायत संस्थामा निवेदन दिएकी छन्।
मीनाको निवेदनमा आफ्ना पति सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीमा लागेको उल्लेख छ। असोज ३० गते राजपुर ४ बाट विप्लवका दाजु ‘वीरजंग’ सहित राप्ती ब्युरोका २१ नेता पक्राउ परेको थिए। वीरबहादुर सोही दिनदेखि बेपत्ता भएको मीनाले बताएकी छन्।
बिकले निवेदनमा आफ्ना पतिलाई पार्टीकै मान्छेले सुराकी गरेको आरोपमा बेपत्ता पारेको हुन सक्ने शंका व्यक्त गरेको जिल्ला प्रहरी कार्यालय दाङको मुद्दा फाँटका प्रमुख प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।