काठमाडौं । राजधानीमा आज बेलुकी पनि फेरि भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बेलुका ७ बजेर ११ मिनेट जाँदा भूकम्पको धक्का महसुुस भएको हो ।
सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाई ४.८ रेक्टर स्केलको धक्का महसुस भएको हो । उपत्यकाका ३ वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलगायत आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ ।
यसबारे थप विवरण आउन बाँकी छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।