काराबासबाट घर खर्च



गिरिराज नेपाली
दाङ, १४ कार्तिक । कारावासको जीवन विताई रहेका कैदीवन्दीहरुले कारावासको जीवन संगै घरखर्च जोहो पनि चलाईरहेका छन । गलैचा, मुढा र ढाँकाको टोपी बुनाईले बालबच्चाहरुको खानपान, पढाइ लेखाई र सावुनपानीको खर्च पु¥याउदै आईरहेका छन ।


साँविक गोल्टकुरी –८ दोहोरीलाल वंलीले ८ वर्ष देखी काराबासको जीवन बिताइ रहे पनि घरखर्चका लागि कुनै समस्या नरहेको बताउनुभयो । उहाँले भन्नुभयो–केही वर्ष घरबाट खर्च लिई आफ्नो खर्च टारे । ’ अहिले आफैले कमाई घर पठाउछु । कारावासको समयको सदुपयोग संगै सिप विकास र आम्दानी बरोबरी गर्न थाले पनि घरखर्चका लागि कुनै समस्या नरहेको वंलीले बताउनुभयो । उहाँले भन्नुभयो– दिनमा दुई ÷ तीन सय कमाई हुन्छ । त्यही पैसा बचत गरी घरमा पठाउछौ । छोराछोरीले त्यही खर्च गर्छन । महिना दिनमा लगभग दुई वटा गलैचा बनुको सकिन्छ । एउटाको ४÷ ५ हजार रुपैया ज्याला पाउछौ ।

घरमा छोराछोरी पढाउन, चार्डपर्वमा लुगालत्तो किन्ने र कहिले बाले पठाइदिएको मिठो मसिनो खाने पुग्छ । उहाँले भन्नुभयो –‘हातमा सिप सिके पछि श्रीमतीलाई घरधन्दा चलाउन सहयोग पुगेको छ । ’ कहिले पैसा छैन भनेर भन्नुपरेको छैन । घरमा हुदा कुनै सिप सिकेको थिएन । यही गलैचा बुन्ने सिप सिके । यही सिपले नै जीवन चलाउने सोचमा रहेको वंलीले बताउनुभयो । गाउँमा पुर्नस्थापन भए पछि घरमै गलैचा उद्योग स्थापना गरी उद्यमी बन्ने सोच रहेको छु । अहिलै राम्रै छ । घरमा हुदा खेती किसान गरेर गुजरा चलाउथ्यो । अहिले त्यो छैन । यतैबाटका अलिअलि बचतले चलेको छ ।
ज्यालादारी काम गरेर गलैचा बुनेर आम्दानी गरे पनिा आफुले लगानी लगाउने बातावरण कारागास भित्र नरहेकाले आफुहरु मर्कामा परेको उहाँले बताउनुभयो । बजार मागको आधारमा स्थानिय गलैचा उत्पादन निकै कम छ । चिनजान गरेकाले आफैले आई कच्चा पदार्थ दिए गलैचा बुन्न लगाउनछन । नत्र व्यापारी आफैले आई प्रतिवटाको निश्चित ज्याला तोकेर गलैचा बुन्न लगाउनछन । त्यही ज्यालामा गलैचा बुन्न वाध्य रहेको उहाँले बताउनुभयो ।

त्यस्तै साँविक शान्तीनगर ४ का चेतबहादुर खत्रीले पनि कारावासको कमाईले घरमा धन्दा चलाउनुरहनु भएको छ । खत्रीले मुढा बनेर अहिले आफ्नो र परिवारको जोहो चलाई रहनुभएको छ । दैनिक दुई देखी साढे तिन सय सम्म मुढा बाटै आम्दानी गरीरहेका खत्रीले आफु र परिवारको त्यही कमाईले चलिरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मुढाको सिपले समयको सदुपयोग गरेर आम्दानी पनि दिएको छ । ’ अहिले करिव ४ वर्षभयो कारावास भित्रिएको । १ वर्ष जति घरको कमाईले मेरो पनि खर्च चलायो । अहिले मेरो कमाइले घरमा खर्च पु¥याइरहेको छ । छोरा÷छोरी, श्रीमती र बाको सामान्य खर्चका लागि केही सहयोग स्वरुप मुढाको कमाई महिनैपिच्छे घरमा पठाईरहेको छु । समयको सहि सदुपयोगको भएको छ । अरुले क्याराम खेलेर दिन विताउछन । हामीले गलैचा, मुढा र ढाँकाको टोपी बुनेर समय बिताउछौ । खत्रीले भन्नुभयो– यही पेशमा लाई निर्वामुखी बनाउने सोचमा छु । ’ यहाँ उत्पादन गरेका मुढा, टोपी घरमा र आफन्तहरुमा पठाउछौ ।

हाते बुनाईले समय धेरै खर्च लाग्ने भएकाले पैसा कमाई पनि थोरै भएको छ । मेशिनले काम गर्न पाएको भए थोरै समयमा धेरै उत्पादन गरी मनग्य आम्दानी गर्न सकिन्थ्यो । तर त्यो व्यावस्था भित्र छैन । उहाँले भन्नुभयो– बजारमा मुढाको माग धान्न सकिएको छैन । जति बुने पनि त्यो भित्रै सकिन्छ । बाहिर जान पाउदैन । बाहिर विक्रि गर्न सकेमा मनग्य आम्दानी गर्न सकिने उहाँले बताउनुभयो ।

सीप व्यावस्थापनको अभाव

कैदीबन्दीहरुको हाते सिप उत्पादनका लागि सक्षम रहे पनि सीप व्यावस्थापन अभाव देखिएको छ । कैदीबन्दीहरुको हात–हातमा सीप रहे पनि प्रविधि अभावका कारण ति सिपहरु ओझेलमा परेको कारागार घोराहीका प्रमुख काशिराम वंलीले बताउनुभयो । उहाँले भन्नुभयो– कारागार व्यावस्थापन विभागले कैदीबन्दीहरुको सिप विकास र संरक्षणका लागि योजना निति निर्माण गरे पनि ति निति िनियम कार्यन्वयन हुन नसक्दा ति कैदीवन्दीका सीपले स्थान नपाएको उहाँले बताउनुभयो । कारागार भित्र हस्तान्तरणीय बन्दै गईरहेका मुढा, गलैचा र ढाँका टोपी बुन्ने सीप प्रविधि अभावका कारण प्रभावित बन्ने गरेको वंलीले बताउनुभयो । स्थानिय निकायहरु समन्वयमा ८ जना गलैचा र ३ जना मुढा बनाउने सहभागीहरु सहभागितामा तालिम सुरु गरी संचालन गरी सुरु गरिएको उक्त सीप अहिले १८ जना गलैचा र मुढा १३ जनाले बनाउदै आइरहेको जानकारी दिनुभयो । वर्षेनी यि सिप लाई स्वरोजगारी दर वढाउदै लगे पनि व्यावस्थापनमा अभावका कारण कैदीबन्दीहरुले श्रम अनुरुप मुल्य नपाएको उहाँले बताउनुभयो ।

क्षमता भन्दा  तेब्बर कैदी

कारागार कार्यालय घोराहीमा कैदीबन्दी क्षमता ५० जनाको रहे पनि अहिले उक्त कारागारमा एक सय ९० जना कैदीवन्दी रहेका छन । कारागार घोराहीका चौकिदार डिप्लव सेन वंलीका क्षमताभन्दा तेव्वर कैदी राख्दा आफुहरु लाई निकै समस्या रहेको उहाँले बताउनुभयो । उहाँलेभन्नुभयो– केही उत्पादनमा काम गर्ने लाई अझै समस्या भएको छ । ’ कारागारको उचित व्यावस्था हुस नसक्दा आफुहरुले कारावासको जीवन पनि सकसमा विताउनु परेको उल्लेख गर्नुभयो । बस्ने कोठाको अभाव ,शौचालयको अभाव, रोग सर्ने सक्ने सम्भावनाको जोखिम रहेका वंलीले जानकारी दिनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्