पत्रकारितामा सुशासन ल्याउन दुईदिने तालिम सुरु



सिराहा । सिराहाको लहानमा पत्रकारहरुलाई लेखन कला र पत्रीकारितामा सुशासन ल्याउन तालिमको आयोजना गरेको छ् । पत्रकारितामा पका गर्न सिराहा,सप्तरी उदयपुर र सर्लाही लगायतका चार जिल्लाका नब आगन्तुक पत्रकारहरुलाई लछित गरि यो कार्यक्रमको आयोजना गरेको आयोजक ले बताए ।
तालीममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य देव कुमार यादवले उद्घाटन गर्नु भएको छ । तालिमको उदघाटन गर्दै प्रमुख अतिथि यादवले पत्रकारले समाचार लेख्दा सत्यतामा आधारिता रहेर समाचार लेख्नुपर्ने बताउँदै स्बच्छ र निष्पक्ष पत्रकारीता गर्न सुझाब दिनुभएको छ ।

नेपाल पत्रकार महासंघ सिराहाका सभापति दिनेश्वर प्रसाद गुप्ताको अध्यक्षतामा भएको थियो । राष्ट्रिय संचार विकास केन्द्रको आयोजनामा २ दिने सुशासन तथा विकास केन्द्रित पत्रकारिता तालिम सिराहाको लहानमा सुरु भएको छ ।

तालिममा चार जिल्लाका २६ जना महिला, पुरुष पत्रकारहरुको सहभगिता रहेको छ । तालिमममा प्रशिक्षकहरु रामकृष्ण रेग्मी , श्रीराम सिंह बस्नेत ,विष्णु शर्मा पराजुलीले सहजीकरण गर्नुभएको छ । अस्ट्रेलीयन राजदुतावासको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ सिराहाको समन्वय तालिम संचालन गरिएको हो । कार्यक्रमको उदघाटन सत्रको संचालन शाखाकी उपाध्यक्ष रिंकु दासले गर्नु भएको आयोजक ले जानकारी दिनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्