तेह्रथुम जिल्लाकै पहिलो टेम्पो धर्ती गुरुङ सम्मानित



इन्द्र नेपाली तेह्रथुम

आफ्नोे कामलाई आफैले सम्मान, आत्मबिश्वास र अडानका साथ गर्न सकेमात्र सफलता प्राप्त गर्न सकिने तेह्रथुमका एक मात्र महिला ट्याम्पो चालक धर्ती गुरुङले बताउनुभएको छ।महिला हिंसा बिरुद्धको १६ दिवसिय अभियानको अवसरमा सम्मानीत बन्नु भएका उहाँ सामाजिकिकरणको कारण समाजमा क्षमता भएर पनी धेरै महिलाहरुले खुलेर आफ्नो रोजाईको पेसा अंगाल्न नसकिरहेको र हाम्रा समाजमा भएका पितृसतात्मक सोच परिवर्तन गर्नको लागी अरुले के भन्लान भनेर बस्न छाडी आफ्नो रोजाईको पेशामा लाग्न सल्लाह दिनुहुन्छ ।घरको काममा ब्यास्त हुने गुरुङ ८ महिना यता ट्याम्पु चलाउनुहुन्छ सुरुमा बिभिन्न टिप्पणी आएपनी हाल आएर मासिक रुपमा ३० हजार कमाउन थालेपछी घर ब्याबहार चलाउनलाई आफ्नै कमाई खर्च गर्दा सबैले सम्मान गर्ने र मानसिक तनाब समेत कम भएको अनुभब सुनाउनुहुन्छ ।

३० बर्षिया उहाँ कुनै पनी कामलाई ठूलो सानो नभनी दोस्रो ब्यातिको निर्देशन र सल्लाह भन्दापनी आफैले बिश्लेषण गरेर दृढ रुपमा गरे पैसा र खुसि त्यही मिल्नेमा बिश्वस्त हुनुहुन्छ । ग्रामिण महिलाहरुको सवाललाई उठान गरी बहस पैरबी गरिरहेका जिल्ला महिला संजालले “समानताको पुस्ता बलत्कार बिरुद्ध ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ संचालन भईरहेको अन्तराष्ट्रिय महिला हिंसा बिरुद्धको अभियानको अवसरमा पारिश्रमिक बिनाको सेवामूलक काममा महिला र पुरुषको संलग्नताका बिषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।कार्यक्रममा जिल्लामा पहिलो पटक महिलाले ट्याम्पो चलाएर उदाहरणीय काम गरेको भन्दै धर्ती गुरुङलाई नगद र दोसल्लाले सम्मान गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्