अस्तव्यस्त त्रिभुवन विमानस्थल : ट्याक्सी चालकले तान्दा यात्रु हैरान



काठमाडौं, मंसिर २७ । त्रिभुवन विमानस्थल अस्तव्यस्त हुँदा सार्वसाधरणले सास्ती खेप्नु परेको छ यति मात्रै होइा ट्याक्सी चालकले तान्दा यात्रु नै हैरान भएका छन् ।त्रिभुवन विमानस्थालको अन्तराष्ट्रिय टर्मिनलअन्तर्गत प्रस्थान कक्षको प्रवेशद्वार ‘गेट–ट’ बाहिर र आगमन कक्ष बाहिर परिसारमा लागेको सर्वसाधारणको बाक्लो भीड देख्दा लाग्छ यहाँ कुनै जात्रा चल्दैछ ।

सवारी साधन गुड्ने सडक नै ढाकिने गरी प्रत्येक दिन लाग्ने यो अनौठो भीडले नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थालको अस्तव्यस्ततालाई झल्काउँछ । प्रि–पेड ट्याक्सी सेवाका नाममा काउन्टर स्थापना गरी बसेका ट्याक्सी तथा हरियो नम्बर प्लेटका सवारी चालकले यात्रुलाई तानातान गरेको खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा बिहीवार विमानस्थालको अन्तराष्ट्रिय टर्मिनलको भवनअन्तर्गत प्रस्थान र आगमन कक्षका अतिरिक्त यहाँको सुरक्षा अवस्था, सरसफाइ, अध्यागमन सेवा, नयाँ प्रविधिको प्रयोग र सुधारका सम्बन्धमा स्थलगत अनुगमनका क्रममा यस्तो देखिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्