काठमाडौंकै सार्वजनिक सम्पत्तिमा कर्के आँखा, उच्चपदस्थ र जनप्रतिनिधिकै संलग्नता



काठमाडौं, मंसिर २७ । उपत्यकामा सार्वजनिक जग्गा अतिक्रमणमा उच्चपदस्थ र जनप्रतिनिधिकै संलग्नता रहेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जनप्रतिनिध र उच्चपदस्थले ने सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै हटाउन माग गर्दै उजुरी पर्ने क्रम ह्वात्तै बढेको खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रशासनले काठमाडौंमा अतिक्रमणमा परेका सार्वजनिक जग्गा हटाउने कार्ययोजना बनाउँदै गर्दा उजुरी पर्ने क्रम अत्यधिक बढेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्