फादर अफ कम्प्युटर अवाकस प्रतियोगिता सम्पन्न



बालबालिकाको मस्तिष्कलाई सक्रिय बनाउने करिब २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अवाकस प्रतियोगिता सम्पन्न भएको छ । बालविकास तथा एनसीमास नामक संस्थाको सहयोगमा बुधबार पेप्सिकोलास्थित पाणिनी विद्यालयमा अवाकस प्रतियोगिता सम्पन्न गरिएको हो ।

बुधबार सम्पन्न प्रतियोगितामा करिब दुई सय जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुका लागी प्रभावकारी भएको भन्दै पाणिनि विद्यालयले पनि विगत ३ बर्षदेखि अवाकसलाई नियमित पाठ्यक्रममा समाबेश गरेको छ ।

विगत १५ बर्षदेखि नेपालमा संचालन गरिँदै आएको उक्त प्रणालीलाई नेपालका धेरैजसो विद्यालयले पाठ्यक्रममै समाबेश गर्ने गरेका छन् । विद्यार्थीहरुले पनि उक्त शैक्षिक प्रणालीलाई मन पराएका छन् । साथै, अभिभावकले समेत उक्त प्रणालीले साँच्चै सकारात्मक परिवर्तन ल्याएको भन्दै प्रभावकारी रहेको बताएका छन् ।

विद्यालयहरुमा विजयी हुने विद्यार्थीहरुलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराइने र त्यसमा पनि विजयी हुने विद्यार्थीहरुलाई अन्तर्रा्ष्ट्रियस्तरको प्रतियोगितामा सहभागी गराइने बालविकास तथा एनसीमासका अध्यक्ष तेजु नेपालले बताए । पाणिनि विद्यालयले विद्यार्थीहरुका लागी सुनौलो अवसर भएको भन्दै अवाकस प्रतियोगिता सँगै पाणिनि आइडल, ¥याम्प सो, पटलक पार्टी जस्ता अन्य कार्यक्रम समेत आयोजना गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्