अब भारतीय पासपोर्टमा भाजपाको चुनाव चिन्ह !



काठमाडौं, मंसिर २७ । भारतीय पासपोर्टमा अब भाजपाको चुनाव चिन्ह हुने भएको छ ।  भारतको पासपोर्ट नक्कली प्रयोग हुन नदिन भन्दै भारतको सत्तारुढ पार्टी (भाजपा)को चुनाव चिन्हसमेत रहेको कमलको फूल समेत राखिने भएको छ ।

त्यसबारेमा आलोचना समेत भइरहेको बेलामा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले कमल भारतको राष्ट्रिय फूल भएकोले विदेश मन्त्रालयले फर्जी पासपोर्टलाई निस्तेज गर्नका लागि पासपोर्टमा कमलको फूल राखेर छाप्न थालेको जनाएका छन् ।

रबीश कुमारको यो स्पष्टीकरण गएको बुधबार भारतको लोकसभामा केही सांसदले प्रश्न उठाएपछि आएको हो । रवीशका अनुसार भारतीय पासपोर्टमा कमलको फूल छाप्ने निर्णय माथिको निर्देशन अनुसार भएको हो ।

यता विपक्षी कंग्रेसका नेता एमके राघवनले बुधबार लोकसभाको शून्य समयमा भारतीय पासपोर्टमा कमल छाप्नुको कारणबारेमा प्रश्न गर्दै यो सत्तारुढ भाजपाको चुनाव चिन्ह पनि भएको भन्दै आपत्ति जनाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्