सुदूरपश्चिमका हिमाली तथा लेकाली क्षेत्रमा हिमपात, जनजीवन प्रभावित



काठमाडौं, मंसिरि २७ । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा भएको छ ।शुक्रबार दिनभर उपत्यका र पहाडी भेगमा मौसम बदली भइ पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उच्च पहाडी र हिमाली भेगमा हिउँ पर्ने सम्भावना छ । पश्चिमी वायुको निम्न चापीय प्रणालीको प्रभावले मौसम बदली भएको महाशाखाले जनाएको छ ।

यसैबीच  सुदूरपश्चिमका हिमाली तथा लेकाली क्षेत्रमा हिमपात भएको छ । गएको बुधबारदेखि मौसममा आएको परिवर्तनका कारण डोटीलगायतका पहाडी तथा हिमाली जिल्ला बझाङ र बाजुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ ।

हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ । डोटीकोे खप्तड क्षेत्रको झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथान लगायतका उच्च पहाडी भागमा हिमपात भएपछि चिसो बढेको छ ।

चिसो बढेसँगै गाईवस्तु चराउन समस्या हुनुका साथै गाईवस्तु चर्ने ठाउँ हिउँले ढाकेकाले वस्तु गोठबाहिर निकाल्नसमेत कठिन भएको छ ।
हिउँ परेका कारण हिउँदे बाली सप्रिने आशामा भने स्थानीय खुशी छन् । यहाँका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ ।

हिमपातका कारण स्थानीयवासी घरबाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएको ध्वजबहादुर विष्टले जानकारी दिए । हिमपातल चिसो बढेसँगै वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएका छन् ।

यहाँका उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ भने दिपायल, सिलगढी लगायतका ठाउँमा मसिनो पानी परिरहेको छ । हिमपातसँगै पानी परेपछि यहाँको तापक्रम निकै घटेको छ । यता कैलालीमा पनि बिहानै बाट निकै ठुलो पानि परेको खबर प्राप्त भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्