घरमा ‘माछा मार्न राखिएको पटकाको धुलोले विस्फोट’



तुलसीपुर
गढवा गाउँपालिका वडा नं. २ कोठरी स्थित घनश्याम चौधरीको घरमा एक्कासी विस्फोट भयो । दुईतले उक्त घरको माथिल्लो तला एउटा कोठा सहकारी कार्यालय थियो ।

अन्य दुईवटा कोठामा घरधनी चौधरी नै बस्थे । उनी सुत्ने कोठा नजिकै माछा मार्ने प्रायोजनका लागि भारतबाट ल्याएको पटकाको भित्रको धुलो निकालेर जम्मा गरेका थिए । जुन ज्वलनसिल हुन्छ । त्यही नजिकै सोलारको ब्याट्री थियो । त्यही क्रममा बुधबार दिउँसो साँढे २ बजे विस्फोट भयो ।

जतिबेला त्यो ज्वलनसिल बस्तु राखेको कोठामा कोही थिएनन्, तर नजिकको अर्को सहकारी भएको कोठामा भने तीन जना कर्मचारी थिए । ती मध्ये एकजना कर्मचारीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहले बताए ।

‘हामीले अनुसन्धान जारी राखेका छौं, यही क्रममा केही अनुसन्धान भएको छ’ उनले भने ‘घरधनी घनश्याम चौधरीले पटका भित्रको धुलोलाई राखेको र नजिकै सोलारको ब्याट्रि पनि रहेछ, त्यही कारणले विस्फोट भएको खुलेको छ ।’ उनले थपे ‘त्यो कोठामा कोही नभएकाले मानवीय क्षति भएन्, तर सहकारीले भाडामा लिएको कोठामा काम गर्ने एकजना कर्मचारीलाई सामान्य चोट लागेको छ, अन्य दुईजनालाई भने केही पनि भएन् ।’

घरधनी चौधरी पनि आफन्तिकोमा बिहे खान गएको र उनको आमा पनि भान्सामा गएको अवस्थामा विस्फोट भएको थियो । उक्त विस्फोटले मानवीय क्षति नभएपनि घरमा भने क्षति पुगेको प्रहरी नायब उपरीक्षक शाहले बताए । ‘त्यो विस्फोट हुँदा मानिस पनि त्यही भएको भए ठूलो मानवीय क्षति हुन्थ्यो’ उनले भने ‘तर मानिस नभएकाले त्यस्तो क्षति हुन पाएन्, तर घरधनी बस्ने दुईवटा र सहकारीको एउटा कोठा तथा नजिकैको खरले छाएको घरमा क्षति भएको छ ।’ उनका अनुसार करिब ४०/४५ लाखको क्षति भएको छ ।

उनले माछा मार्नलाई तयार पारेको अवस्थामा विस्फोट भएको भन्दै यस बिषयमा थप अनुसन्धान भईरहेको उनको भनाई छ । ‘चार÷ पाँच दिन हामी अनुसन्धान गर्छौ’ उनले भने ‘त्यसपछि कस्तो खालको सजाय गर्ने वा के गर्ने भन्ने कुरा हामी निर्णय गर्छौ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्