मान्छेको पादले नै लामखुट्टे मरे पछि, आखिर खान्छन् के ?



तपाईलाई सुन्दा अचम्म लाग्नेछ, तर यो धेरै छिटाे नै चर्चामा आइरहेको छ कि एक मान्छेको पादबाट लामखुट्टे मर्न सक्छ । युगान्डाका एक व्यक्ति यस्ता छन जसकाे विषालु ग्यासमा यति शक्ति छ कि लामखुट्टे पनि यसको कारणले मर्दछन् । अविश्वसनीय, तर अब वैज्ञानिकहरूले यी मान्छेको पादको केमिकल अनुसन्धान गरिरहेका छन्।

यी मानिसको पादमा यति शक्ति छ कि ६ मिटर (करिब २० फिट) को दूरीसम्म सबै लामखुट्टे मर्छन् । यो समाचार द मिरर अखबारले प्रकाशित गरेको छ। उसका अनुसार, यी व्यक्तिले आफ्नो विषालु पादको प्रभाव पर्ने दाबी गरिरहेका छन् ।

४८ बर्षे यी मान्छेको नाम जो वामिरामा हाे । उनको दाबी छ कि अब उनकाे पाद बाट लामखुट्टे मार्ने आैसधि बनाउन जाँदै छन् । यसका लागि, एक कम्पनीले उनलाई भाडामा लिएको छ । जो वामिरामाले भने कि केही वैज्ञानिकहरुले उनिलाई आफ्नो विषालु पादकाे रसायनकाे अध्ययन गर्न कोष प्रदान गर्दैछन् ।

अफ्रिकी देश युगान्डामा बस्ने यी व्यक्तिले आफ्नो पादको कारणले गाउँलाई नै मलेरियाबाट बचाएका छन् । उनकाे दाबी छ कि उनले आफ्नो विषालु ग्यासले लामखुट्टे मार्न सक्छन् ।

के खान्छन् वामिरामा ?

जो वामिरामा भनेका छन् कि सबैले जस्तै उनले पनि सामान्य खाना खाने, दैनिक नुहाउने गरेका छन् । एक स्थानीय नाईले यो पनि पुष्टि गरेका छन् कि जब वामिरामा आउँदछन् तब लामखुट्टेहरू त्यो ठाउँबाट भाग्ने गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्