१३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीहरुको नागरिक अभिनन्दन वर्षाका कारण प्रभावित बनेको छ । उल्लेख्य मात्रामा पदक विजेता खेलाडीको सहभागिता रहेपनि प्रतिकुल मौसमका कारण त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको नगर परिक्रमामा पदक विजेता खेलाडीहरुलाई पानीले भिजाएको छ ।
राखेपले बिहान ११ बजे नगर परिक्रमा गराउने भने पनि खराब मौसमका कारण १ बजेदेखि नगर परिक्रमा सुरु भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद परिसरबाट सागमा पदक जित्ने खेलाडीको सम्मानस्वरुप परिक्रमा सुरु गरिएको हो।
राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरबाट नगर परिक्रमा कार्यक्रम सुरु गरी न्युरोड, इन्द्रचोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछ । त्यहाँबाट पुनः सल्लाघारी, कोटेश्वर, बानेश्वर हुँदै राखेपमा प्रांगणमा आएर समापन हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।