उत्तम कुमार थापा
बझाङ, भारि हिमपातका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । महेन्द्रनगर धनगढी हुँदै बझाङ जाेडिने जयपृथ्वी राजमार्ग भारि बर्षा र हिमपातका कारण अवरुद्ध भएको हाे । हिजाे राति देखि परेको हिमपातले गर्दा डडेल्धुराकाे तेलेलेकमा सवारी साधन पुर्ण रुपमा बन्द भएका छन ।
यतिबेला बर्षाका कारण महेन्द्रनगर धनगढी देखि अाउने जाने सवारीसाधन विच बाटाेमा राेकीदा हजारौं यात्रुहरुले दुख्ख पाएकाे स्राेतले बताएको छ । बन्द भएका सवारी अावतजावत गर्नकाे लागि बैतडी डडेल्धुराका प्रमुख जिल्ला अधिकारीले पहल गरिरहेकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । सडक सञ्जाल समयमै खुल्न नसक्दा यात्रुहरुले ठुलाे दुख्ख पाएका छन ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।