लुम्विनी साकोसले सदस्य सेवालाई प्राथमिकतामा राख्दै



उर्मिला यादव सुनवल

मंसिर २७, वित्तीय क्षेत्रमा राम्रो छवि बनाएको लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्य सेवालाई पहिलो प्राथमिकता बनाएको छ । सुनवल नगरपालिका वडा नम्बर १२ भुमहीमा सञ्चालनमा रहेको यस सहकारीले ३६० दिन कार्यालय सञ्चालन गरी सदस्यलाई सेवा दिँदै आएको संस्थाका ब्यवस्थापक बद्री प्रसाद पौडेलले बताउनु भएको छ ।

सार्वजनिक बिदाका दिन दुई जना कर्मचारी र एक जना कार्यालय सहयोगीबाट सेवा प्रवाह भइरहेको र सेवा नै ठूलो धर्म हो, हामी सदस्यको सेवामा निरन्तर खटिने छौँ, उहाले भन्नु भयो ।

पश्चिम नवलपरासी जिल्लामा नै अन्य वित्तीय संस्थाले सेवा दिन नसकेको समयमा लुम्बिनी साकोसले शनिबार र सार्वजनिक बिदाका समयमा अन्य कर्मचारीलाई सेवा लिन सजिलो परेको र शनिबार तथा सार्वजनिक बिदाका दिन विभिन्न सङ्घ संस्थामा कार्यरत कर्मचारी सेवा लिन आउने गरेको संस्थाका अध्यक्ष लेखनाथ खरेलले बताउनु भएको छ ।

बिदाका दिन पनि लुम्बिनी साकोसले सेवा दिँदा धेरै सहज भएको सुनवल १२ हरकटटा निवासी शेयर सदस्य नवराज श्रेष्ठले बताउनु भएको छ । विसं २०५६ मंसिर २० गते दर्ता भई सञ्चालनमा आएको यो सहकारी वित्तीय क्षेत्रमा नमूना सहकारीको रुपमा एउटा छुटटै पहिचान बनाउन सफल भएको छ । लुम्बिनी सोकोसमा हाल नौ सय ६९ जना बाल बचत कर्ता सहित तीन हजार ५ सय ८४ जना शेयर सदस्य आबद्ध रहेका छन ।

लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुनवल १२ भुमहीको हाल सम्म ४ करोड ४४ लाख ७३ हजार शेयर पुजी रहेको छ भने ४५ करोड ३२ लाख , ९८ हजार , ७० रुपैया राष्टिय पुजी निमार्ण गर्न सफल यो सहकारीले सुनवल नगरपालिका , बर्दघाट नगरपालिका र सरावल गाउपालिका कायक्षेत्र बनाएर सेवा दिइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्