दुई अङ्गालोमा फसेको मेरो ज्यान



#कबिता
बालपन (भाग-१)

धमिरा पर्न नभ्याएका,
मेरा मस्तिष्कका,
पुराना तखतामा सजिएका,
ती टुक्रा टुक्रा,
बाल्पनका धुलाम्य
पन्नाहरु।
टक्टकाइ,
केही यादहरुको ग्लुस्टिकले
जोडि बटुले,
स साना अध्यायहरुको
छोट्करी सङ्गालो।

त्यो हात्तीछाप चप्पलको,
चुटेको तुना,
पछाडी खिपको चुकुल।

अनि आको त्यो इन्जिनियर वाला फिलिङ्ग
लिलामि को अन्मोल बोलीमा कसरी बिकोस?

गुच्चा खेल्दा
इन्द्रेणी हान्न सिकेको त्यो पल ।

सच्चै सेकेन्ड लेफ्टिनेन्ट बनेको थिए ।

इन्टु मिन्डु लन्डनको
झ्याप्प मा
दुई अङ्गालोमा फसेको
मेरो ज्यान
ती साथीहरु को मुस्कानमा बस्थ्यो।

चुङ्गिको जोर बिजोर को
हार मा
निराश मेरो अनुहार ,
साथिको सापटिले धनात्मक बानाउथ्यो।

र ती सम्झनाका झिना पलहरुले।
ब्यबहारीक आजको यो
त्रसित मुहारलाइ
उज्यालो बनायो।
साच्चै म मुस्काए।
अझ मुस्काउदै छु।
                                 – काजी खान (नुवाकोट)

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्