कक्षा ११ को परिक्षा अन्योलमा



 

national-exam-board_qTOmmDo0FT

जेठ १६, २०७४

कक्षा ११ का ४ लाख ४९ हजार विद्यार्थी परिक्षा दिने तयारीमा जुटेको दुई महिना भइसक्यो, चैत दोस्रो साता कोर्स सकाएर परीक्षाको तयारीमा जुटेका विद्यार्थीहरु स्थानीय निकायको निर्वाचन पटक–पटक सर्दा परीक्षा कहिले हुन्छ भन्ने अन्योलमा छन्। असार पहिलो सातादेखि १२ कक्षाको अध्ययनमा सहभागी हुनपर्ने विद्यार्थीले ११ कक्षाको वार्षिक परीक्षासमेत दिन पाएका छैनन्। राष्ट्रिय परीक्षा बोर्ड एनइबी को शैक्षिक क्यालेन्डरअनुसार वैशाख २४ गते ११ को परीक्षा हुनुपर्ने थियो। वैशाख ३१ मा पहिलो चरणको निर्वाचन हुने भएपछि असार १ गतेका लागि परीक्षा सारिएको थियो। सरकारले दोस्रो चरणको निर्वाचन जेठ ३१ मा तोकेपछि एनइबीले असार ८ गते लाई परीक्षा सारेको थियो। सरकारले जेठ ३१ मा तय गरेको निर्वाचन असार ९ मा सारेपसछि अब परीक्षा कहिले हुन्छ अन्योल भएको छ। ११ को परीक्षा सकाउन कम्तीमा १० दिन लाग्छ। यसअघि तय गरेको असार १ देखि सुरु गर्दा पनि ९ असारमा परीक्षा सकिँदैन। असार १ भन्दाअघि गर्न त्रिवि र अन्य विश्वविद्यालयहरुको परीक्षा चलिरहेको हुन्छ। ‘चाँडै सल्लाह गरेर परीक्षाको नयाँ मिति तय गर्छौं’ शिक्षा मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्सालले भन्नुभयो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्