प्रेस काउन्सिल नेपालका अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी



प्रेस काउन्सिल नेपाल कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्रिएको छ

शुक्रवार प्रेस काउन्सिल नेपाल शुद्घीकरणका लागि संघर्ष समितिले काउन्सिलको कार्यालय अगाडि एक घण्टा धर्ना दिंदै कार्यवहाक अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गरेको हो । संघर्ष समितिले प्रेस काउन्सिलले गरेको पत्रपत्रिका वर्गीकरण विभेदपूर्ण रहेको भन्दै पुनःवर्गीकरणको माग गरेको छ । संघर्ष समितिले कार्यबहाक अध्यक्ष श्रेष्ठको कार्यकक्षमा लागएको तालाको चावी सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीलाई बुझाएको छ ।

धर्ना कार्यक्रमप्रति नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहाल लगायत नेपाल पत्रकार महासंघ उपत्यका समिति, पत्रकार महासंघ काठमाडौं, भक्तपुर, ललितपुर, झापा, उदयपुर, पर्सा समेत देशभरका अधिकांश पत्रकार महासंघका शाखाहरुले ऐक्यबद्धता जनाएका छन् । संघर्ष समितिका संयोजक दीपक पाण्डेले पत्रकार र सञ्चारमाध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिल स्वयं आचारसंहिता उल्लंघन गर्ने, पत्रकारिताको मर्यादा विपरित कार्य गर्ने, पत्रकार र संञ्चारमाध्यमको हुर्मत लिने जस्ता कार्यमा सम्लग्न भएकाले काउन्सिल बिवादको घेरामा पर्दै आएको बताए ।

पटकपटक सचेत गराउँदा पनि आफ्ना मागहरु पूरा नगरेकाले काउन्सिल शुद्धीकरण तथा पत्रिका वर्गीकरणलाई पारदर्शी बनाउनका लागि दबाब दिने उद्देश्यले प्रेस काउन्सिल घेराउ गर्दै कार्यबाहक अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न बाध्य हुनुपरेको आन्दोलित पत्रकाहरुले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्