तीनजना बालिका बलात्कार गर्ने बृद्धलाई १० बर्ष जेल



दाङ

तीनजना बालिका बलात्कार मुद्धामा दाङमा एक बृद्धलाई अदालतले दोषि ठहर गर्दै १० बर्ष कैद सजाय सुनाएको छ । बालिकालाई बलात्कार गरेको मुद्धामा घोराही ४ का ८२ बर्षिय रामु खत्रीलाई दाङ देउखुरी जिल्ला अदालतले १० बर्ष कैद सजाय सुनाएको हो ।

 

न्यायधिस रितेन्द्र थापाको ईजलासले खत्रीलाई ४ बर्षिया, ६ बर्षिया र ११ बर्षिया बालिकालाई बलात्कार गरेको ठहर गर्दै १० बर्ष कैद गर्नेे फैसला गरेको हो । जेष्ठ नागरिक लाई कुल कैदको ७५ प्रतिशत कैद मिनाहा हुने कानुनी ब्यवस्था भएकोले खत्रीलाई २ बर्ष ६ महिना कैद भुक्तान गर्नु पर्ने अदालतले जनाएको छ भने पिडित तीन बालिकालाई जनही ७५ हजार रुपैयाँ क्षेतीपुर्ती उपलब्ध गराउने फैसला समेत गरेको छ ।

 

२०७५ बैशाख ८ गते देखि २०७५ असार २४ गते सम्म तीन बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले २०७५ असार २६ गते प्रहरीमा जाहेरी दिएका थिए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्