राति सपनामा के देखे शुभ के देखे अशुभ हुन्छ, जानी राख्नुस



प्रायः मानिसहरुले सपना देख्छन् । ज्योतिष शास्त्रले सपनाका बारेमा पनि फलादेश गर्ने गर्छ । कस्तो सपना देख्दा शुभ हुन्छ र कस्तो सपना देखे अशुभ हुन्छ सवैलाई थाहा हुँदैन ।

हामीले आज राति सपनामा के देख्दा कस्तो फल मिल्छ भन्ने विषयमा केही जानकारी प्रस्तुत गरेका छौं । यदि तपाइँले सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु भो भने त्यसको अर्थ के होला रु यहाँ सपनामा चरा वा जनावर देख्दा हुने अर्थको चर्चा गरिएको छ ।

सपनामा हात्ति देख्नु भो भने यो निक्कै राम्रो मानिन्छ । हात्तिमा लक्ष्मी सवार हुने हुँदा हात्ति सपनामा देख्नु शुभ भएको ज्योतिष शास्त्रको भनाइ छ ।
सपनामा भैसी देख्नु भो भने मिश्रित फल मिल्छ । यो निक्कै अशुभ पनि होइन तर शुभ पनि होइन ।
सपनामा घोडा देख्नु भो भने यसको सुख सम्पति हात लाग्न संकेत गर्छ ।
गिद्ध सपनामा देख्नु भो भने तपाइँलाई समस्या पर्न सक्छ । शोख वा नकारात्मक समाचार सुन्ने समयमा यस्ता सपना देखिन्छन् ।
मयुर देख्नु भो भने पनि तपाइँलाई शुभ फल मिल्छ । मयुरमा शनि सवार भएको देख्नु अझै राम्रो मानिन्छ ।
त्यस्तै सपनामा कौवा देख्नु भो भने यसले तपाइँलाई सुख शान्ति हरण हुने संकेत दिन्छ ।
ज्योतिष शास्त्रे सपनामा कौवा देख्दा परिवारमा वादविवाद हुने र अपमान आइलाग्ने बताउँछ । एजेन्सी–

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्