साँध साच्चै साधनै थियो जो सम्बन्धहरु बिचको एकता बिचको अनि भाइचारा बिचको र जग्गा बिचको । एउटा साँध शब्दले यी सबै चिज बिच फरकपना देखाइ दियो । जमिनको साधबाट सुरु भएको बिबाद कतिखेर सम्बन्धमा गएछ पत्तै भएन । साँधमा राखेर बर्षेनी कोदालोले लागेर सकिनै लाग्यो तर बिवाद अझै सकिएको छैन र नसकिनी तिर जाँदै छ पक्कै पनि ।
म सानो हुदा देखि चल्दैआएको माइला बा र छिमेकिको झगडा उस्ताको उस्तै छ । बा प्रदेश गए देखि मेरो आश्रय बनेका माइला बा कमजोर त होइनन तर पनि कमजोर जस्तो देखिन्छन । उहाका सन्तान नै कहिले उहाको कमजोरी त कहिले मजभुती बनिदिन्छन । म सानै हुदा देखि बाउ बाजेको पुर्खौली सम्पतीको साधको निउमा बारम्बार छिमेकि र माइला बा को भना भन भएको याद छ मलाइ । माइला बा को बा अर्थात हजुर बाले गैरी खेतको ठूलो पाटो आधा छिमेकी र उनलाइ बाडेका अरे । हजुर बा को मृत्यु पछि छिमेकीले पुरै हडपे अरे । अहिले त लाल पुर्जा नै देखाउ छन रे ।
माइला बाले आफ्नो पक्षका मान्छे सहित नापिनै ल्याएका अरे यथेष्ट प्रमाण पुगेन भन्दै पञ्चायतले नि निर्णय ढिला गरे अरे । माइलि आमा गुनासो गर्नुहुन्थ्यो म सङ्ग । समय परिबर्तन भयो देशमा आमूल परिबर्तन आयो तर माइला बा र छिमेकी माइलाको साधको बिवादमा कुनै परिवर्तन आएन । क्षणिकताको लागि छिमेकी चुप अनि माइला बा पनि । छिमेकीको तर्फबाट हुनु पर्ने सहयोगमा कहिले ठप्प त कहिले आफ्नोपनको जस्तो महशुस गराउने बानीहरु । बिचरा माइला बा ! चाप्लुसिमा पोख्त छिमेकीको चाल अनि माइला बाको निर्दोषपना । उ (छिमेकि) चाप्लुसिबाट जमिन फुत्काउने प्रयास गर्छ , बिभिनन आस्वासन देखाउछ तर पनि साध बिरालोको न्याउरो जस्तो भएको छ । के माइला बा आफ्नु निर्दोषपना भन्दा माथी उठ्न सक्दैनन ? के छिमेकी आफ्नो चाप्लुसी भन्दा तल झर्न सक्दैन ? चाप्लुसी र निर्दोशपन बिछ को सम्बन्धको फाइदा अर्को छिमेकिले उठाउला जस्तो मेरो बाल मस्तिष्कले बारम्बार सोचिरहन्छ ।
राजा, पञ्च र बहुदलसम्म आइ पुगेको बिबाद अझ कति पुस्ता रहने हो । बाहरुले सिकाएको पाठ छोराहरुले न सिक्लान भन्न सकिँदैन । छिमेकी र माइला बा दुबै मरेर गए पनि यहा त बिबाद मर्ला जस्तो देखिदैन । गाउँ भरी हल्ला सुनिन्छ माइला बाका छोराहरु अड्ड अदालत धाउने अरे । बुद्दिको युद्दले नभए बलको युद्द पनि लड्ने अरे के यो युद्दले साधको बिबादलाइ सक्ला मेरो कमजोर बाल मस्तिष्क यस्तै यस्तै कुराले ग्रसित छ । मेरो बाल मस्तिष्कले सधै भन्छ साधे बिबाद चाडै टुङ्गियोस छिमेकी र माइला बाको सम्बन्ध राम्रो होस छिमेकीले आफ्नो चाप्लुसी छोडोस अनि माइला बा आफ्नो । निर्दोषपनबाट उठेर आफ्नो निर्णय आफै गर्न सक्ने आत्मनिर्भर बनुन । जमिनको साधको ढुंगाको निहुँमा दुई मन बिच दरार न आओस । छिमेकी र माइला बा एक आर्काको सहयोगी भएर बाचुन नकि दुष्मन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।