“ताजा लाश“



कविता
“ताजा लाश“

लटरम्म फलेका
योवनका फूलहरुमा,
जवान मौरिहरु,
मेटाउन,
तृष्णा एक पेगका लागि
त कोहि,
टिल जड्याहा झैं ,
डग्मगाउदै पाइलाहरु,
भविस्यका पथका ।

भुल्छन स् यो मोह हो ।
माया हो स् केही क्षणको ।।

बेलामा नतर्सिदा भित्ते..

भित्ते घडिको
सेकेन्ड सुइँको आवाजले
जब तर्साउछ,

खादिन्छन ती भावनाहरु पनि,
बुडि आमाले
त्यो काचँको
पुरानो हर्लिक्सको सिसिमा
खादेको गुन्द्रुक झैँ ।

बन्छ बसपार्क छेउको अलुनो
लट्टेको साग जस्तो,
कुनै बेला गोलाकार हुने
खण्डे थालको,
एक कुनामा,
पन्छिन्छ जिन्दगी ।

घमण्डको भेलमा,
रबाफको सुइमिङ्ग कस्टुम लगाइ पौडनेहरु,
निस्यासिन्छन,
व्यबहार र जिबिकाको
दोभानमा ।

अनि पन्छ्याउछ,
अर्धमृत,
ताजा हाड, मासु र
छालाको थुप्रो,

ब्यथाका गेगरहरु
र,
पिडाका दल्दलमा

बिस्तारै खरानी भएका भर्खरका
ताजा लाशहरु माझ ।।
………………………………..काजी खान , नुवाकोट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्