कविता “ताजा लाश“
लटरम्म फलेका योवनका फूलहरुमा, जवान मौरिहरु, मेटाउन, तृष्णा एक पेगका लागि त कोहि, टिल जड्याहा झैं , डग्मगाउदै पाइलाहरु, भविस्यका पथका ।
भुल्छन स् यो मोह हो । माया हो स् केही क्षणको ।।
बेलामा नतर्सिदा भित्ते..
भित्ते घडिको सेकेन्ड सुइँको आवाजले जब तर्साउछ,
खादिन्छन ती भावनाहरु पनि, बुडि आमाले त्यो काचँको पुरानो हर्लिक्सको सिसिमा खादेको गुन्द्रुक झैँ ।
बन्छ बसपार्क छेउको अलुनो लट्टेको साग जस्तो, कुनै बेला गोलाकार हुने खण्डे थालको, एक कुनामा, पन्छिन्छ जिन्दगी ।
घमण्डको भेलमा, रबाफको सुइमिङ्ग कस्टुम लगाइ पौडनेहरु, निस्यासिन्छन, व्यबहार र जिबिकाको दोभानमा ।
अनि पन्छ्याउछ, अर्धमृत, ताजा हाड, मासु र छालाको थुप्रो,
ब्यथाका गेगरहरु र, पिडाका दल्दलमा
बिस्तारै खरानी भएका भर्खरका ताजा लाशहरु माझ ।। ………………………………..काजी खान , नुवाकोट