नेकपा सचिवालयको बैठक आज पनि स्थगित




सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको आजका लागि तय गरिएको बैठक पनि स्थगित भएको छ । मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत विषयमा छलफल गर्न आज दिउँसो सचिवालय बैठक बोलाएको थियो ।

नेताहरुको कार्यव्यस्तताका कारण आज बोलाइएको सचिवालयको बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । नेकपाले हिजो बोलाएको बैठक आजको लागि सारेको थियो ।

नेकपाको अन्तरिम विधान संशोधन, संगठनात्मक एकतालाई पूर्णता, पार्टीका जिल्लामा देखिएका विवाद समाधानका लागि नेताहरु छलफलमा जुटेका छन् । अन्तरिम पार्टी विधानमा देखिएका त्रुटि परिमार्जन गर्न र सचिवालय सदस्य वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन नेकपाले विधान संशोधन गर्न लागेको छ। यसका लागि गत वर्ष स्थायी समिति बैठकले म्यान्डेट दिएको थियो ।

पार्टी विधानअनुसारका स्थायी समितिको नियमित बैठकसमेत एक वर्षयता बस्न सकेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्