धनुषा बम विस्फोटमा इन्सपेक्टरको मृत्यु भएपछि एसपीको भावुक स्टाटस (भिडियाे)



काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारमा गएराति भएको बम बिस्फोटमा नेपाल प्रहरीका इन्सपेक्टर अमिरकुमार दाहाल सहित तीन जनाको मृत्यु भएको छ।
मध्यराति ढोकामा रहेको बस्तु बिस्फोट हुँदा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका राजेश्वर साह र उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको छ।

औषधी व्यवसायी रहेका मृतक साहको विभिन्न ठाउँमा रकम लगानी भएको र त्यसकै निहुँमा कसैले उनलाई हत्याको योजना बनाएको अनुमान गरिएको छ।

घरमा बम राखेको खबर पाउनासाथ इन्स्पेक्टर अमिरको नेतृत्वमा प्रहरी टोली घटना स्थलमा गएको थियो। गेटमा झुन्ड्यिाएको झोला बम हो वा होइन भनि एकिन गर्नका लागि इन्स्पेक्टर दाहालले छोएर हेर्न खोज्दा विस्फोट हो ।

इन्सपेक्टर दाहालको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा आज बिहान साढे ६ बजे निधन भएको हो । इन्सपेक्टर दाहाल प्रहरी संगठनभित्र क्षमतावान् प्रहरी अधिकृतको परिचय बनाउन सफल थिए ।

संखुवासभा घर भएका दाहाल पूर्व प्रधानमन्त्री झलनाथ खनालको अंगरक्षक (पिओसो) समेत रहिसकेका थिए । दाहालका पत्नी रेश्मा दाहाल र एक छोरा छन् ।

बम बिस्फोटमा प्रहरी अधिकृत दाहालले ज्यान गुमाएपछी नेपाल प्रहरीको इन्टरपोल शाखामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) गङ्गा पन्तले आफ्नो फेसबुक वालमा भावुक स्ट्याटस लेख्दै पीडा पोखेकी छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्