एनआईसी एसिया बैंक र फुडमान्डुबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता



एनआईसी एसिया बैंक लिमिटेड र फुडमान्डु प्रालिबीच डिजिटल प्रविधिमार्फत् भुक्तानी संकलन गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार कुनै पनि बैंकका ग्राहकहरुले फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा कार्ड तथा मोबाइल बैकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।

यो सम्झौतासँगै सीमित अवधिका लागि एनआईसी एसिया बैंक लगायत अन्य विभिन्न बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले फुडमान्डुबाट खानेकुरा अर्डर गरीे क्युआर कोडमार्फत् भुक्तानी गर्दा २५ प्रतिशत वा अधिकतम् ४०० रुपैयाँसम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र फुडमान्डुको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निदान श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्