भारतको विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले भारत बचाऊ अभियान सुरू गरेको छ । शनिबार कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको ’विभाजनकारी’ र ’विघटनकारी’ नीतिको विरोध गर्दै दिल्लीस्थित रमिला मैदानमा भारत बचाऊ ¥याली सुरू गरेको हो ।
उक्त ¥यालीलाई पार्टी प्रमुख सोनिया गान्धि, पार्टी पूर्वअध्यक्ष राहुल गान्धि र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले सम्बोधन गर्नेछन् । पार्टी वरिष्ठ नेताहरुले भारतीय जनता पार्टी नेतृत्वको सरकार असफल भएको र उनीहरुले मुलुकलाई विभाजनतर्फ लैजान खोजेको विषयलाई उठाउने बताइएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।