अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को विश्व वरियतामा नेपाल तल झरेको छ ।
आईसीसीले सार्वजनीक गरेको नयाँ वरियतामा अनुसार नेपाल एक दिवसीयतर्फ एक स्थान तल झरेको हो । आईसीसीले शुक्रबार जारी गरेको वरियता अनुसार नेपाल एक दिवसीय वरियतामा १८ औं स्थानमा छ ।
यसअघि नेपाल एक दिवसीयतर्फ १७ औं स्थानमा रहेको थियो । १९ रेटिङ पाएको नेपाल अहिलेसम्मकै खराब वरियतामा झरेको हो । एक दिवसीयतर्फ सर्वा्धिक उच्च वरियता १४ औ स्थानं हो । एक दिवसीयमा इंग्ल्याण्ड शीर्ष स्थानमा रहेको छ ।
यस्तै, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा अस्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रिका रहेको छ । टी–ट्वान्टी वरियतामा भने नेपाल यथावत छ । टी–ट्वान्टीतर्फ नेपाल १४ औं स्थानमा रहेको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।