प्रहरीले साबधानी नअपनाउँदा गयो तिन जनाको ज्यान, कसरी भयो घटना ? (भिडियाे)



काठमाडौं, मंसिर २८ । शुक्रबार मध्यराति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका (५ महेन्द्रनगरमा शक्तिसाली ब’म वि’ष्फोट भयो । यो घ’टनाले इलाका प्रहरी कार्यालय (सखुवा महेन्द्रनगर)का प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिर दाहालसहित तीनजनाको ज्या’न गयो । ब’म वि’स्फोटमा परेर ४६ वर्षीय राजेश साह र उनका छोरा २४ वर्षीय आनन्द साहको घ’टनास्थलमै मृ’त्यु भएको हो भने इन्स्पेक्टर दाहालको उपचारका क्रममा ज्यान गएको हो । यसरी शक्तिशाली बम बिस्फोट हुँदा प्रहरी निरीक्षक अमिर कुमार दाहाल सहित एकै घरका बुवा र छोराको मृत्यु भयो । घ’टनामा अन्य चारजना घा’इते भएका छन् । घा’इते हुनेहरुमाराजेश साहका कान्छा छोरा १४ वर्षीय प्रकाश साह, छोरी २२ वर्षीया निक्कीकुमारी साह र बुबा ७३ वर्षीय भिखारी साह रहेका छन् । यस्तै एक जना प्रहरी जवान रिजनाथ कुमार महतो पनि घा’इते भएका छन् । उनीहरुको अहिले उपचार चलीरहेको प्रहरलिे बताएको छ । यति बेला शुक्रबार ब’म वि’ष्फोट घ’टनाले पूरै धनुषा जिल्ला शो’कमा डुबेको छ ।

यसरी भयो घ’टना
शुक्रबार राति करिब सवा ११ बजे राजेशकी श्रीमति अञ्जु ओछ्यानबाट उठेर घर बाहिर रहेको शौचालय गइन् । उनले बाहिरको ढोका खोल्दा ह्यान्डलमा एउटा झोला झु’न्ड्याइएको थियो । उनले वास्ता नगरी फर्केर ओछ्यानमा पुगिन् । लगत्तै राजेश पनि शौचालय गए । उनले पनि झोलालाई नछोइकनै ढोका खोले र फर्केर बन्द पनि गरिदिए । कोठामा आएपछि श्रीमतिसँग त्यो झोलाको बारेमा कुरा गरे । शंका लाग्यो र छोरा आनन्दलाई उठायो । छोराले वि’ष्फोटक पदार्थ हुनसक्ने आशंका गरे ।

त्यसपछि यता राजेशले तत्कालै झोला झु’न्ड्याइएको देखेपछि प्रहरीलाई खबर गरे । घरमा सुतिरहेका छोराछोरीलाई बाहिर निकाले । त्यसपछि इलाका प्रहरी कार्यालय सुखुवा महेन्द्रनगगरका इन्सपेक्टर अमिर दाहाल खबर पाउनासाथ आफै घ’टनास्थल पुगे । ढोकाको मुख्य गेटमा झु’न्ड्याइएको झोलामा केही छैन भन्दै इन्सपेक्टर अघि–अघि र २ जना प्रहरी जवान पछि–पछि गएर छोएर हेर्न खोज्दा एकाएक ब’म वि’स्फोट हुन पुग्यो ।


यस्तो छ घा’इतेकोे बयान
घा’इते ७० वर्षीय भिखारी साहले ब’म वि’स्फोटमा परि देब्रे आँखाको दृष्यशक्ति गुमाएका छन् । साहका अनुसार महेन्द्रनगरमा उनीहरुको २ वटा घर छ । उनले भने(एउटामा हामी बस्छौं र अर्कोमा छोरा बुहारी । मध्यराति घरको गेटमा झोला झु’ण्डिएको देखेपछि राजेश परिवारसहित हामी बस्ने गरेको घरमा आयो । परिवारलाई घरमा राखेर छोरा राजेश ब’म भएको घरमा गयो । त्यतिबेला इलाका प्रहरी कार्यालयबाट प्रहरी पनि आइसकेको थियो । केहीबेरपछि हामी पनि त्यहाँ पुगेका थियौं ।’

प्रादेशिक अस्पताल जनकपुरको शैय्याबाट उनले सम्झिँदै भने, ‘ढोकामा झु’ण्डिएको रातो झोला देखाउँदै प्रहरी निरीक्षक दाहालले ‘केही पनि होइन’ भन्नुभयो । प्रहरी निरीक्षक दाहालले यसो भनेको केही सेकेण्डमै ठूलो आवाजसहित ब’म वि’स्फोट भयो ।’ ‘छोरा राजेश, नाती आनन्द र प्रहरी निरीक्षक दाहाल नजिकै हुनुहुन्थ्यो हामी केही पर थियौं,’ भिखारीले भने, ‘ठुलो आवाज आउनासाथ म बे’होस भएर भुईँमा ल’डें, त्यसपछि के भयो मलाई थाहा छैन ।’

घा’इते भएका भिखारीलाई बिहान मात्र थाहा भएछ की उनले त्यो घ’टनामा आफ्ना छोरा र नाति समेत गुमाई सकेका छन् । ‘पुरै स्नासार नै एकै छिनमा ध्वस्त भयो,’ भन्दै उनी आँखाबाट बगेको आँसुलाई थाम्न सकिरहेका छैनन् । उनको टाउकोमा चोट लाग्नुको साथै देब्रे आँखामा लागेको चो’टका कारण देख्न पनि नसकेको बताउँछन् ।

राजेश महेन्द्रनगरमैं औषधि पसल संचालन गर्दै आएका थिए । राजेशसँग लेनदेनसम्बन्धी विवादका कारण यस्तो घ’टना घ’टाइएको हुनसक्ने परिवारजनको आशंका छ । पेसाले मेडिकल व्यवसायी रहेका साह मिटर ब्याजमा संलग्न रहेको स्थानीय बताउँछन् । मिटर ब्याजकै कारण साहको घरमा ब’म राखिएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले घ’टनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

संलग्न विप्लव समूहका ३ जना प’क्राउ

धनुषा ब’म वि’स्फोटमा संलग्न रहेको आशंकामा विप्लव समूहका तीन जना प’क्राउ परेका छन् ।
प्रहरी इन्सपेक्टरसहित ३ जनाको ज्या’न जाने गरी भएको ब’म बि’स्फोट घ’टनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले तीन जनालाई प’क्राउ गरेको हो । प’क्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका तीन स्थानीय नेता रहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीका अनुसार दुई महिला सहित ३ जनालाई प’क्राउ गरिएकोको हो । प’क्राउ पर्नेमा विप्लव समूहका प्रदेश नम्बर २ संयोजक ५१ वर्षिय सीतादेवि महरा, केन्द्रीय सदस्य ४१ वर्षिय ललिता महरा र रामसोभित गाहा रहेका छन् ।

प्रहरीले घ’टनाको कारण अझै खोतल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयका अ’पराध अनुसन्धान टोलीले तीन जना शं’कास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर छानबीन गरिरहेको र घ’टनाको सुक्ष्म अध्ययन तथा अ’पराधीलाई नियन्त्रणमा लिन प्रहरी निरिक्षक उमाशंकर साहको कमाण्डमा सात सदस्यीय विशेष टोली गठन गरेको प्रवक्ता कार्कीले बताएका छन्

का’रबाहीको दायरामा ल्याइछाड्छु : गृहमन्त्री

गृहमन्त्रीले रामबहादुर थापाले धनुषामा गएराति भएको शक्तिशाली ब’म वि’स्फोटको घ’टनामा संलग्न अ’पराधीलाई का’रबाही गरिछाड्ने बताएका छन् ।

हिजो मध्यरातमा ब’म वि’स्फोटमा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृ’त्यु भएको उक्त घ’टना आततायी भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत उक्त घ’टनाले आफू स्तब्ध भएको समेत उल्लेख गरेका छन् । फेसबुकमार्फत उनले भनेका छन् ’यस प्रकारको आततायी घ’टनामा संलग्न अ’पराधीलाई कानूनी का’रबाहीको दायरामा ल्याइछाड्ने सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु’, । गएराति भएको वि’स्फोटमा परी नेपाल प्रहरीका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश्वर साह र आनन्द साहको मृ’त्यु तथा तीन स्थानीय घा’इते भएको घ’टनाले स्तब्ध बनाएको छ, मृ’तकप्रति हार्दिक श्र’द्धाञ्जलि व्यक्त गर्दै शो’क स’न्तप्त परिवारमा गहिरो स’मवेदनाका साथै घा’इतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’, गृहमन्त्री थापाले भनेका छन्।

ब’म वि’स्फोटको घ’टनामा प्रहरीले साबधानी नअपनाउँदा ठूलो क्ष’ति हुन पुगको छ । शं’कास्पद बस्तु ब’म नै हो भन्ने एकिन गर्न प्रहरी निरीक्षक दाहालले आफैं झोला नाछामेर नेपाली सेनाको ब’म डि’स्पोजल टोली बोलाएर निष्क्रिय गराउन सकेको भए आज यत्रो दु’र्घटाना हुदैन् थियो होला । दु’र्घटनाबाट ज्यान जोगिन पनि सक्निथ्यो । शं’कास्पद बस्तु ब’म हुन सक्ने सूचना आएपछि प्रहरी घ’टनास्थल पुगेको थियो । तर प्रहरीले केही होइन भन्दै झोला चलाएलगत्तै शक्तिशाली वि’स्फोट हुन पुग्यो ।

सामान्यतया शं’कास्पद बस्तु ब’म हुन सक्ने भन्दै डि’स्पोजका लागि नेपाली सेनाको टोली बोलाइन्छ । तर घ’टनास्थल पुगेका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज अमिरकुमार दाहालले ‘केही होइन’ भन्दै झोलामा छोएलगत्तै वि’स्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्