पुर्बी पहाडी जिल्लामा हिमपात जनजीवन प्रभावित, पूर्वको ताप्लेजुङ प्रसिद्ध तीर्थस्थल पाथीरामा भारी हिमपात



इन्द्र नेपाली तेह्रथुम
गय राती देखि पातलो वर्षासँगै तेह्रथुम र संखुवासभा ताप्लेजुङ पाचथरकाका डाँडाकाँडामा हिउ जमेको छ । तेह्रथुम र संखुवासभाको सीमा क्षेत्र तीनजुरे मिल्के जलजले टिएमजे क्षेत्रका डाँडाकाँडा सेताम्मे बनेका छन् ।

यो क्षेत्रमा बाक्लो हिमपात भएको छ । हिमपात सुरु भएसँगै जनजीवन प्रभावित भएको छ । तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रका तीनजुरे, चौकी, मंगलबारे, गुफापोखरी, मेन्छ्यायेम डाँडा, मिल्के लगायत क्षेत्र हिउँले ढाकेको छ । बेलिका देखि निरन्तर हिमपात भइरहेको छ । निरन्तरको हिमपातका कारण उच्च क्षेत्रका बस्तीका बासिन्दा घरबाहिर समेत निस्कन सकेका छैनन् । एकसाथ वर्षा र हिमपात भएका कारण ह्वात्तै चिसो बढेको छ । चिसोका कारण बृद्धबृद्धा, गर्भवति तथा सुत्केरी महिला, बालबालिकाहरु बढी प्रभावित भएका छन् । धनकुटाको महालक्ष्मी नगरपालिका वडा न ९ को चित्रे, पटेक डाँडा, नुनथला क्षेत्रमा भारी हिमपात भएको छ । मौसम चिसो धुम्म परेको, मसिनो बर्सादका कारण दिउँसो पनि हिमपात हुने सम्भावना रहेको मौषम विदको भनाई छ ।

पूर्वको ताप्लेजुङ प्रसिद्ध तीर्थस्थल पाथीरामा भारी हिमपात
हिमाली जिल्ला ताप्लेजुङमा हिमपात श भएको छ । सामान्य वर्षासँगै हिमपात भएको हो । उच्च क्षेत्रमा रहेका ओलाङचुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, फलेलगायतका बस्तीमा बाक्लो हिमपात भएको छ भने प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत हिमपात भएको स्थानीयवासीले बताएका छन् ।

हिमपात भएसँगै जिल्लाभर चिसो बढेको छ । दुई हजार ५०० मिटरभन्दा माथि रहेका उत्तरी क्षेत्रका बासिन्दा चिसोका कारण बढी प्रभावमा परेका छन् भने सामान्यतया जिल्लाभर नै तुलनात्मकरूपमा चिसो बढेको स्थानीयवासीको भनाइ छ ।

पाथीभरा मन्दिर क्षेत्रमा समेत बाक्लो हिउँ परेको अस्थायी प्रहरी चौकी फेदीका इन्चार्ज धनराज तुम्बापो लिम्बूले जानकारी दिनुभयो । पाथीभरा मन्दिर तीन हजार ७९४ मिटरको उचाइमा पर्छ । उहाँका अनुसार हिजो दिउँसोदेखि नै हल्का वर्षासहित पाथीभरा क्षेत्रमा हिउँ परेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्