प्रेम सुनार गुल्मी, गुल्मीको ईस्मा गाउँपालिकाको एउटै वडामा ४ सय जना भन्दा बढि महिला आबद्ध भए पछि घरयासी आर्थिक समस्याको गर्जो टर्न र स्वरोजगारमुलक ब्यवसाय पनि धमाधम सुरु हुन थालेको छ । ईस्माको वडा नम्वर ४ साविक दोहली गाविसका महिलाहरु गत एक बर्ष अघि देखि भविश्य निर्माण साना किशानसहकारी संस्था लिमिटेडमा आबद्ध भएका हुन् । सुरुमा महिला समुहका रुपमा सहभागि भएका त्यहाँका महिलाहरुले २०७५ साल जेठ १७ गते उक्त संस्थालाई दर्ता गरि आधिकारिक रुपमा सञ्चालनमा ल्याएका थिए । सोही अनुरुप आज शनिवार उनीहरुले दोहलीको रामराज्य माध्यामिक विद्यालयमा भब्य रुपमा प्रथम बार्षिक साधरण सभा सम्पन्न गरेका छन । साधरण सभाको ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले उद्घाटन गरेका हुन । प्रमुख अतिथी बिष्टले महिलाहरुमा आएको जागरुकता , भावनात्मक एकता र बचत गर्ने बानीले आत्मानिर्भताको ढोका आफैले खुलाएको बताए ।
उनले त्यस सहकारी संस्थालाई गाउँपालिकाले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए । कार्यक्रममा ईस्मा गाउँ कार्यकापलिका सदस्य कमला सुनार, वडा सदस्यहरु भोलासिंह थापा , मिना घर्ति, नेपाल कम्युनिष्ट पार्टी नेकपाका वडा कमिटी अध्यक्ष बिष्णु सुनार , नेपाली कांग्रेस वडा सभापति मनबहादुर दर्लामी , सोही पार्टीका सचिव कृष्णप्रसाद रिजाल , ईस्मा गाउँपालिकाका वडा सचिव भिमप्रसाद पोखरेल , पशु स्वास्थ्य प्राविधिक नारायण जिसी , रामराज्य माध्यामिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लंकबहादुर बस्नेत , सामाजिक परिचालक लिला गौतम लगायतले शुभकामना मन्तब्य राखेका थिए । साधरण सभामा त्यस सहकारी संस्थाकी अध्यक्ष कमला बिष्टले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै सहकारीमा आबद्ध ४ सय ६२ महिलाहरु सहभागि भएको र उनीहरु कृषि पशुपालनलाई ब्यवसायीकरण गर्न र अन्य सिपमुलक ब्यवसाय गर्न सहकारीबाट ऋण लगेर आत्मानिर्भर हुन थालेको बताईन ।
त्यस्तै आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै लेखा समिति सदस्य विष्णुकुमारी बस्नेतले चुक्ता शेयर पुँजी १४ लाख २५ लाख २५ हजार रहेको र चालु आर्थिक बर्षमा ६९ लाख २० हजार २ सय २५ रुपैयाँ ऋण लगानी गरिएको जानकारी दिईन । त्यस्तै चालु आर्थिक बर्षमा ३१ लाख ७३ हजार २ सय ३७ रुपैयाँ बचत भएको जानकारी दिईन । उनका अनुसार सहकारीमा नगद बाँकी ७ लाख १० हजार रहेको छ भने त्यस मध्ये बैंकमा ९ लाख ९८ हजार ६ सय ९८ रुपैयाँ राखिएको छ । केहि दिन अघि बाग्लुङ्गमा भएको जिप दुर्घटनामा त्यस सहकारी संस्थाका दुई जना महिला सुचना कार्की र भुमा कार्कीको मृत्यु भएको दुखत क्षणका कारण साधरण सभामा फुल माला र अविरले अतिथीहरुलाई सत्कार गरिएन । उनै दुई जना मृतक सदस्यहरु प्रति श्रद्धाञ्जली अर्पण गरि मौन धारण गरेर साधरण सभाको उद्घाटन गरिएको थियो । ‘अपनाऔं पद्धती सहकारी , हटाउँ गरिवी र बेरोजगारी’ भन्ने मुल नाराका साथ सम्पन्न त्यस सहकारी संस्थाको साधरण सभामा संस्थाकी अध्यक्ष कमला बिष्टको अध्यक्षता कर्मचारीद्धयः कमला अधिकारीको स्वागत मन्तब्य र गिता अर्याल बस्नेतको सञ्चालन रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।