उर्मिला यादव सुनवल
मंसिर २८
श्री कृषक जनशक्ति बहुउदेश्यिय सहकारी संस्था लिमिटेड सुनवल १३ बडेराको १९ औ बार्षिक साधारण सभा आज शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । संस्थाको अध्यक्ष रामराज श्रेष्ठको अध्यक्षता तथा सुनवल नगरपालिका का नगर उपप्रमुख दधिराम अर्यालको प्रम्ुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रामराज श्रेष्ठले यस सहकारीले १९ औ बार्षिक साधारणसभा गरीरहदा सम्मको अवधिमा धेरै आरोह अवरोह पार गर्दै अगाडी बढिरहेको बताउनु भएको छ । उहाले यो सहकारीले सुनवल नगरपालिका भित्र रहेका किसानहरुको हितको निम्ति कार्य गर्दै आएको बताउनु भएको छ । उहाले शुरुका दिनमा यस सहकारीले दैनिक ५० लिटर दुध संकलन बाट सुरु गरेको मा अहिले आएर दैनिक एक हजार लिटर भन्दा बढी दुध संकलन गर्न सफल भएको बताउनु भएको छ ।
उहाले यस सहकारीको आर्थिक सहयोगमा गाइ , भैसी फार्म खोलेर ब्यवसायिक रुपमा पशुपालनमा गर्ने किसानको संख्या दिनप्रतिदिन बढदै गएको समेत जानकारी दिनु भएको छ । संस्थाका अध्ययक्ष श्रेष्ठले यस सहकारीले किसानहरुलाइ कृत्रिम गर्भधान र पशु खोप कार्यक्रम संचालन गर्दै आइरहेको जानकारी दिदै अब हामी किसानहरु बेमौसमी तरकारी खेती तर्फ लाग्न जरुरी रहेको जोड दिनु भएको छ । उहाले टनेल प्रबिधिबाट तरकारी उत्पादन गर्ने सिप , तालिमको लागी स्थानिय निकायसंग सहकार्य गरी कार्यक्रम गर्ने योजना राखेको समेत जानकारी गराउनु भएको थियो । यस्तै गरी कार्यक्रममा संस्थाका सचिव हरी प्रसाद तिवारीले यस सहकारीले आर्थिक बर्ष २०७४ र ७५ मा संचालक समितीले गरेका प्रस्ताव , तथा निती निर्णयहरुको कार्यान्वयनको अवस्था र प्रगति बिवरणको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । यस्तै गरी कार्यक्रममा संस्थाको कोषाध्यक्ष मिना कुमारी भटराइले आर्थिक बर्ष २०७५ र ७६ को आर्थिक प्रतिबेदन तथा आगामी आर्थिक बर्ष २०७६ र ७७ को अनुमानित बजेट प्रतिबेदन प्रस्तुत गर्दै संस्थामा ४ सय १६ जना शेयर सदस्य र दैनिक बचत कर्ता ६ सय जना रहेको यस संस्थाको कुल शेयर पुजी ६८ लाख ९२ हजार ६ सय रुपैया रहेको जानकारी दिनु भएको थियो ।
कार्यक्रममा सुनवल १३ बडेरा क्षेत्रबाट २६ हजार ५ सय ८५ दशमलव दुई लिटर दुध पुरयाउने कृषक टोपलाल जैसी , २३ हजार , ५ सय , ९३ दशमलव ९ लिटर दुध पुरयाउने बेद प्रसाद न्यौपाने , रुकमणी पल्ली, रम्भा थापा मगर , कुस्माखर सापकोटा, मोती यादव लगायतलाइ दुधको परिमाणको आधारमा सम्मान गरीएको थियो भने कृषक बिष्णु मल्ल, र ढलबहादुर चौधरीलाइ दुधको गुणस्तरको आधारमा सम्मान गरीएको छ ।
यस्तै गरी कार्यक्रममा एसईई परीक्षा २०७५ मा तीन दशमलव २ जिपीए ल्याउने सामुदायिक बिद्यालयको तर्फबाट रक्षा भुषाल , बिशाल पराजुली , र निजी बिद्यालयको तर्फबाट तीन दशमलव ६५ जिपिए ल्याउने एलिसा न्यौपानेलाइ सम्मान गरीएको थियो भने ७५ बर्ष पुरा भएका शेयर सदस्यका परिवारका २२ जना जेष्ठ नागरीकहरुलाइ पनि सम्मान गरीएका थियो । कार्यक्रममा संस्थाका सदस्य नमिता थापाको स्वागत मन्तब्य रहेको कार्यक्रममा भैरवी सहकारीका दुर्गा नारायण न्यौपाने , लुम्बिनी साकोस भुमहीका अध्यक्ष लेखनाथ खरेल, साबिक रामनगर गाबिसका निबर्तमान अध्यक्ष तथा बडेरा खानेपानी तथा सरसफाइ उपभोत्ता समितीका अध्यक्ष कृष्ण प्रसाद बगाले , सुनवल नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष तथा नगर प्रवत्ता कृष्ण प्रसाद देवकोटा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा सुनवल नगरपालिकाको कार्यपालिका सदस्य गौमाया गुरुंग , वडा नम्बर १३ का वडासदस्य खेमराज ढुंगाना , बडेरा सामुदायिक बन उपभोत्ता समितीका मुन्द्रिका चौधरी , देवकोटा डेरी बडेराका नबिन देवकोटा , मोतिलाल बहुमुखी क्याम्पस बडेराका नारायण प्रसाद तिवारी लगायत संस्थाका शेयर सदस्यहरुको समेत सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।