१२५ देशका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्ड बनिन् जमाइकाकाे टोनी




जमाइकाले यस वर्षको मिस वर्ल्ड २०१९ को उपाधि जितेको छ।

जमाइकाका लागि टोनी एन सिंले सो उपाधि जितेकी हुन्।

शनिबार लन्डन एक्सेलमा सम्पन्न भएको ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा टोनीले १२५ देशका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा कब्जा जमाएकी हुन्। दोस्रो स्थानमा फ्रान्सकी ओफेली मेजिनो भइन् भने तेस्रोमा भारतकी सुमन रावले तेस्रो स्थान हासिल गरिन्।

मिस वर्ल्ड २०१८- भनिसा पोन्सले उनलाई आफ्नो ताज हस्तान्तरण गरेकी हुन्।

नेपालकी मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड प्रतियोगिता’ अन्तरगतको मल्टिमिडिया अवार्ड जितेकी थिइन् भने उनले ब्युटी विथ द पर्पोजको ताज हात पारिन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्