घाेरही पुलकाे शिलान्यास सम्पन्न: आधा दर्जन गाउँका सर्वसधारणलाई नगरपालिका को केन्द्रसंग जाेड्ने नगर प्रमख;शाह



कृष्णनगर , मंसिर २९
कृष्णनगर नगरपालिका १ छितुहनी जाने घाेरही पुलकाे शिलान्यास गरिएकाे छ ।
कृष्णनगर नगरपालिकाकाे ढाई कराेड लागतमा निर्माण हुँदै गरेका घाेरही नदिकाे साे पुल आरटियाे सडकलाई कृष्णनगर-चन्द्राैटा फाेरलेन सडककाे सम्पर्क हुने छितुनी ,सिसहनिया लगायत आधा दर्जन गाउंका सर्वसधारणलाई नगरपालिका केन्द्रसंग जाेड्ने नगर प्रमख रजत प्रताप शाहले बताउनुभएको छ। साे पुल शिवानगरमा स्थिति श्रीदेवी माध्यमिक विद्यालयसम्म पढ्न आउने विद्यार्थीहरुलाई समेत सुविधा हुने नगरप्रमुख शाहले बताए ।

आर्थिक बर्ष ०७५/०७६ काे याेजनामा पनि साे पुलका लागि दस लाख मात्र बजेट विनियाेजन गरिएकाे थियाे तर पुलकाे लम्बाई बढी भएकाेले बजेट अपुग देखियाे त्यसैले यस आर्थिक बर्षमा दुई कराेड अठचालीस लाख बजेट विनियोजन गरि साढे सात मिटर चाैडाई र एक्काईस मिटर लम्बाई भएकाे पुल निर्माण शुरु गरिएकाे याेजना अधिकृत प्रदीप चाैधरी जानकारी दिनुभएकाे छ ।

पुल निर्माण भएपछि प्रदेश सरकारले निर्माण शुरु गरेकाे कृष्णनगर रंगशाला हुँदै छितुहनी, सिसहनिया लगायतका गाउंका सर्वसाधारणलाई कृष्णनगर पुग्न सजिलाे हुने स्थानिय राजकुमार नाउकाे भनाई छ । लगभग पचास बर्ष भन्दा पहिला भारतकाे आनन्दनगरमा रहेकाे तत्कालीन गणेश चिनी मिलले बहादुरगंजदेखि छितुहनि शिवानगर हुँदै कृष्णनगरसम्म उखु ,काठ ढुवानीका लागि घाेरही नदीमा पुल निर्माण गरेकाे थियाे । तर धेरै दिनसम्म जीर्ण अवस्थामा रहेकाे र केही बर्ष पहिला बाढीले भत्केकाे साे पुल कृष्णनगर नगरपालिकाले प्राथमिकतामा राखेर निर्माण गर्न शुरु गरेकाे वडा १ अध्यक्ष तुंगनाथ चाैधरीले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्