अब कसैले पनि काठमाडौंका सडकमा सुत्न नपर्ने !



काठमाण्डौ , मंसिर २९ । काठमाण्डौ महानगरपालिकाले आज (आइतबार) महानगरलाई सडक मानवमुक्त महानगर घोषणा गर्दैछ । आफ्नो २५ औँ महानगर दिवसका अवसरमा आज विशेष कार्यक्रम गरी महानगरपालिकाले महानगरलाई सडक मानवमुक्त घोषणा गर्ने भएको हो ।

मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरीको सहयोगमा काठमाण्डौ महानगर क्षेत्रलाई सडक मानवमुक्त बनाउन लागिएको मानव सेवा आश्रमका उपाध्यक्ष धर्मेन्द्र पौडेलले बताए ।

सडकमा कोही पनि बेसहारा, असहाय छोडिन नपरोस् भनेर सडक मानव मुक्त महानगर घोषणा गर्न लागिएको उनले बताए ।
अब काठमाण्डौ महानगरभरि कोही पनि मानिसले सडकमै रात बिताउनुपर्ने अवस्था नहुने, सडक मानवलाई उद्धार गरेर आश्रममा राखिने उपाध्यक्ष पौडेलको भनाइ छ ।  यसअघि मकवानपुर जिल्ला मानवमुक्त सडक घोषणा गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्