समाचार

दाङका ८ मतदानस्थल अति संवेदनशील सूचिमा

By थाहा अनलाइन

October 31, 2017

सैघाली खबर, दाङ १४ कात्तिक। – दाङका ८ वटा मतदानस्थल अति संवेदनशीलको सूचिमा परेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावका लागि दाङमा १ सय ५१ मतदानस्थल तय गरिएकोमा १ सय ३२ निर्वाचन स्थल संवेदनशील र ११ मतदानस्थल सामान्यमा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुरक्षाको स्थिति, यातायातको पहुँच र विगतको गतिविधिका आधारमा मतदानस्थललाई वर्गिकरणमा गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहका अनुसार अति संवेदनशीलको एउटा मतदान केन्द्रमा ४ जना प्रहरी र १० म्यादी प्रहरी, संवेदनशीलको एउटा मतदान केन्द्रमा ३ प्रहरी र १० म्यादी प्रहरी र सामान्यको एउटा मतदान केन्द्रमा ३ प्रहरी र ५ म्यादी प्रहरी खटिने गरी योजना बनाएको पनि जानकारी दिनुभयो ।

दाङका १ सय ५१ मतदान स्थलमा ३ सय ९४ मतदान केन्द्र तय गरिएको छ ।