काठमाडौं , मंसिर २९ । । देखासिकी र फजुल खर्चमा आर्क्षित नेपाली उपभोक्ताले चालू आर्थिक वर्ष २०७६र७७ को बितेका चार महिनामा चुइगम चपाएरै साढे १८ करोड रुपैयाँ सकेका छन् ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याकंअनुसार चालू आर्थिक आवको साउनदेखि कात्तिकसम्म ६ लाख २१ हजार ६ सय ८ किलो चुइगम नेपाल भित्रिएको छ ।
यसको मूल्य १८ करोड ४८ लाग ५५ हजार रुपैयाँ भएको भन्सार विभागले जनाएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।