करेन्ट लागेर बाँकेमा एक बालकको मृत्यु



काठमाडौं, मंसिर २९ । बाँकेमा करेन्ट लागेर बालकको मृत्यु भएको छ । नेपालगञ्ज–२१, बिर्तागाउँमा करेन्ट लागेर १३ वर्षीय बालक कमलेश कोरीको मृत्यु भएको हो ।

खेतमा काम गरिरहेका हजुरबुवालाई खाना दिएर फर्किएका बालकलाई करेन्ट लागेको थियो । टुफेस तार रहेको पोल ढलेको र त्यही तारलाई बालकले छोएका थिए ।

बालकको घटनास्थलमै मृत्यु भएको थियो । बिजुलीको पोल बिहान ढलेको थियो कि राति नै ढलेको थियो भन्ने बारेमा सोधीखोजी थालिएको छ ।

स्थानीय केहीले पोल बिहान ढलेको बताएका छन् । पोल ढलेपछि विद्युत कार्यालयमा फोन गरेर विद्युत काट्नु पर्नेमा त्यो सावधानी नअपनाउदा बालकको ज्यान गएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्