काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार बस्दै छ। बैठक दिउँसो १ बजे बोलाइएको छ। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सहभागी हुनेरनहुने अनिश्चित छ। केन्द्रीय समिति बैठक बस्नुअघि संस्थापन पक्ष र पौडेल पक्षबीच छलफल हुने बताइएको छ।
छलफलमा सहमति भए बैठकमा पौडेल पक्ष पनि सहभागी हुनेछन्। आन्तरिक विवाद मिलाउन सभापति देउवा तथा वरिष्ठ नेता पौडेल पक्षका नेताबीच शनिबार साँझ पनि छलफल भएको थियो।
त्यसअघि बिहान सभापति देउवा उपसभापति विमलेन्द्र निधिसहित पौडेल निवास बोहराटार पुगेका थिए। प्रकाशमान सिंहनिवास चाक्सीबारीमा साँझ भएको भेटमा पौडल पक्षले राखेका प्रस्तावमा छलफल गर्ने गरी बैठक टुंगिएको छ।
१४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने, बढाइएको विभागहरु हटाइनुपर्ने, भ्रातृसंस्थाहरुको महाधिवेशन ६ महिनाभित्र गरिसक्नुपर्नेलगायतका विषयमा दुई पक्षबीच सहमति बनेको छैन।
देउवाका तर्फबाट उपसभापति विमलेन्द्र निधि चाक्सीबारी पुगेका थिए।
छलफलमा केन्द्रीय समितिको बैठकअघि ती विषय सम्बोधन हुने गरी प्रस्ताव आउने प्रतिबद्धता जनाए बैठकमा सहभागी हुने अन्यथा बहिस्कार गर्ने पौडेल पक्षको अडान रहेको पौडेलपक्षीय नेताले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।