हिको संस्थाको प्रेस संयोजकमा ओमप्रकाश गुप्ता नियुक्त



सिसहनियाँ २९ मंसिर
स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य सेवा (हिको) को प्रथम अधिवेशनले पत्रकार ओमप्रकाश गुप्तालाई प्रेस संयोजकमा नियुक्त गरेको छ । भने कार्यक्रम संयोजकमा संस्थाका अाजिवन सदस्य शालिकराम अाचार्यलाई नियुक्त गरेको छ । यसैबिच शनिवार नै भएको बन्दसत्रले पुन प्रकाश विष्ट अध्यक्ष पदमा चयन भएका छन् ।

नव गठित संस्थाको उपाध्यक्षमा गरिवु चौधरी, सचिवमा देवप्रसाद चौधरी, कोषाध्यक्षमा श्रीधर अधिकारी र सदस्यहरुमा दिनेश पोख्रेल,छवीलाल कंडेल,कुमार अधिकारी रहेका छन् । त्यसै गरी अधिवेशनले विभिन्न उपसमितिहरु पनि गठन गरेको छ जस अनुसार रमेश गौतमको संयोजकत्वामा ४ सदस्यीय एम्बुलेन्स सञ्चालन उपसमिति रहेको छ जसका सदस्यहरुमा कुमार अधिकारी,मदन पोख्रेल र सन्तोष सारु,रहेका छन् , त्यसै गरी मञ्जु कार्कीको संयोजकत्वमा ३ सदस्यीय लेखा उपसमिति गठन गरेको छ जसका सदस्यहरुमा रामनारायण चौधरी र सिता चौधरी रहेका छन् ।

त्यस्तै ईश्वरीप्रसाद अधिकारीको संयोजकत्वमा सामाजिक परिचालन उपसमिति चयन गरेको छ । जसका सदस्यहरुमा रेकम शर्मा,गिरबहादुर ज्ञवाली र अशोक गुप्ता रहेका छन् । रामबहादुर केसी,शेरबहादुर गिरी,प्रकाश शाही,कृष्णबहादुर कार्की,लुमबहादुर गुरुङ,शान्तराज भण्डारी,पुर्णबहादुर बुढाथोकी र पुर्व स्वास्थ्यकर्मी दिपेन्द्र न्यौपानेलाई सल्लाहाकारमा चयन गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्