उत्तम कुमार थापा ,
बझाङ । नेपाल कम्युनिष्ट पाटी नेकपा वाट निर्वाचित जनप्रतिनिधिले जनताको मर्म नबुझे आगामी दिनहरूमा ठुलो चुनौती भोग्नु पर्ने बताएका छन् । सुदुरपश्चिम प्रदेशका सह संयोजक भानुभक्त जोशीले यस्तो बताएका हुन् ।
देश संघिय संरचनामा गएको भए पनि अहिले नेपालमा संघ,सरकार प्रदेश सरकार र स्थानीय तह गरि जम्मा तीन वटा सरकार चलिरहेको बेला झन्डै सबै तिर हेर्दा कम्युनिस्टको दुई तिहाई बहुमत भएता पनि कतिपय जनप्रतिनिधिहरुले आफु खुसि काम गर्दा र जनताको दुख सुखमा साथ नदिदा अर्थात कार्यक्रतामुखी बजेट विनियोजन गर्दा पाटी खतराको संङ्केत तिर जान सक्ने नेता जोशीले दाबि गरे ।
बझाङ जिल्ला घरभएका जोशी राजनैतिक दृष्टिकोणले नेपाल कम्युनिस्ट पाटी नेकपा बझाङका नेपाली जनताका निकै लोकप्रिय नेता मानिन्छन् ,नेकपा बझाङ स्थापना कालमा हालका सुदुरपश्चिम प्रदेश सहसंयोजक समेत रहेका भानुभक्त जोशी वर्तमान बझाङ जिल्ला बाट प्रतिनिधिसभा निर्वाचित साँसद भैरव बहादुर सिह,सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापाले पुर्वको नेपाल कम्युनिस्ट पाटी एमाले जिल्लामा विस्तार ग्रन अर्थात सँगठन सुधार गर्न निकै चुनैती भोग्नु परेको उनको भनाइ छ ।
सुदुरपश्चिम प्रदेश नेपाल कम्युनिस्ट पाटीको सहसंयोजक रहेका जोशीले बझाङ जिल्लामा सँगठन बिस्तारको क्रममा कहि कतै कम्युनिस्ट भनेर कार्यक्रम गरेको थाहा पाए, त्यतिबेला ढुङ्गा मुडा हान्थ्ये,आटा जौ र फापरको रोटी खानु पर्थ्यो कुनै कुनै बेला त,भोकभोकै बस्नुपर्ने बाध्यता रहेको उनले बताए ।
जोशीले भने,यसरी आर्जेको सम्पत्ति तथा पाटीलाई अहिलेका कतिपय जनप्रतिनिधिले आफु खुसिकाम गर्दा भ्रष्टाचार भएको छ भन्ने जनता सामु सुन्न पाउँदा नमिठो लाग्दै गरेको र जनप्रतिनिधिले नेपाल कम्युनिस्ट पाटी सँग कुनै सल्लाह सुझाव नलिएर योजनाहरु होस या विकास निर्माण अगाडि बढाएको देख्दा दुख लागेको दावी गरेका छन ।
सहसं योजक जोशीले भने,कतिपय जनप्रतिनिधिले पाटी बाट नभएर आकाश बाट जनप्रतिनिधि भएको जस्तो भान गरेको देख्दा अचम्मित परेको र समयमै विकास निर्माण कार्यमा गाउँ कमिटी देखि अन्य सेक्टरमा पाटी सँग हातेमालो गरेर नगए भावी दिनहरुमा दुख भोग्नु पर्ने उनको भनाइ छ ।
सुदुरपश्चिम प्रदेशका सहसँयोजक रहनुभएका जोशी पुर्व वन वातावरण तथा भू सँग्रक्षेण मन्त्री पनि भैई सकेका छन । उनले सुदुरपश्चिम प्रदेशको विकासका लागि हातेमालो गर्न सबैलाई आग्रह गर्नुभएको छ । सुदुरका पर्यटकीय स्थल खप्तड राष्ट्रिय निकुञ्ज ,साईपाल हिमाल क्षेडेदह ताल,बड्डिजियावन,सुर्मा सरोवर जस्ता पर्यटकीय स्थललाई अगाडि बढाउन सबैलाई अनुरोध गरेका छन भने, चैनपुर ताक्ला कोट सडक लाई विकास निर्माणमा पहिलो प्राथमिकतामा राखेको छ।
जोशीका अनुसार देश निकै परिवर्तन हुँदै विकासमा लम्कनुका साथै समृद्धको बाटोमा अगाडि बडिरहेको बेला देशको ठुलो पाटी नेपाल कम्युनिस्ट नेकपाको झण्डै बहुमतको सरकार सञ्चालन भैईरहेको अवस्थामा कतिपय जनता सँग प्रत्यक्ष रहेका स्थानीय तहका मात्र नभई अरु जनप्रतिनिधिहरुले पनि आफु खुसि काग गर्दा करोडौ बजेट कार्य सञ्चालनमा ध्यान नदिदा नेकपा अलि सँकटमा प्रन सक्ने सँकेत देखापरेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।