ब्रोइलर कुखुराका चल्ला उत्पादन बन्द



लागतअनुसार मूल्य नपाएको भन्दै नेपाल ह्याचरी उद्योग संघले आइतबारबाट ब्रोइलर कुखुराका चल्ला उत्पादन बन्द गरेको छ । जस अनुसार चितवनमा किचेन होली डे घोषणा गरिएको छ । आइतबारबाट १० दिनसम्म चल्ला उत्पादन बन्द गरिने नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेलले बताए ।

ह्याचरी उद्योगीहरुले १० दिनसम्म कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न ह्याचरी मेशिनमा राखिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने र यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने निर्णय गरेका छन् ।

१० दिन बजार बन्द गर्दा बजार राम्रो हुन्छ भनेर चिकेन होली डे सुरु गरिएको भए पनि त्यो किसानको हितमा नभएको बताइएको छ । नेपाल कुखुरा पालक किसान संघका अध्यक्ष झनक पौडेलले ह्याचरी उद्योग संघको बिरोध किसानको पक्षमा नभएको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्