कर्तव्य गरी ज्यान मारेको अभियोगमा पक्राउ



धादिङको सिद्धलेख गाउँपालिका ३ आमकोट बस्ने २० वर्षीया अनिशा तामाङलाई कर्तव्य गरी ज्यान मारेको अभियोगमा उनकै श्रीमान सहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा अनिशाका श्रीमान २३ वर्षीय अर्जुन सुयल मगर, सोही ठाउँ बस्ने ४७ वर्षीय ईन्द्र थापा मगर र २३ वर्षीय छबी थापा मगर रहेका छन् ।

मंसिर १० गते अनिशालाई कर्तव्य गरी मारेर घर नजिकै रहेको सेफ्टी ट्याङकीमा फालेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी नलाङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्