यू–१९ महिला फुटबल बहराईनमाथि नेपालको सहज जित




नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टिमले मैत्रीपूर्ण खेलमा बहराईनलाई पराजित गरेको छ ।

आइतबार भएको खेलमा नेपालले बहराईनलाई ४–२ गोल अन्तरले पराजित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपाली टिम सरु लिम्बुको कप्तानीमा मैदान उत्रिएको थियो । नेपाली टिम दुई मैत्रीपूर्ण खेलका लागि शुक्रबार बहराईन प्रस्थान गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्