मुख्य समाचार

अम्विकेश्वरी माहुरी पालन सहकारीको साधारण सभा

By थाहा अनलाइन

October 31, 2017

सैघाली खबर, दाङ १४ कात्तिक। अम्विकेश्वरी माहुरी पालन सहकारी संस्था लिमिटेडको १२ औ साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा संहकारी संस्थाका सचिव लोकराज सुवेदीले महका परिकार निर्माण गरी वितरण गर्ने लक्ष्य राखिएको बताए ।

उनले प्रस्तुगरेको भावि कार्य योजनामा यस्तो उल्लेख गरीएको छ । त्यसै गरेर ४ समुहलाई लाखत सहभागितामा मौरी वितरण गर्ने, सहकारीको आफनै भवन निर्माण गर्ने, मह खरीद तथा विक्री गर्ने लगायतका योजना प्रस्तुत गरेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष मिनराज घिमिरेको अध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द्रप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको थियो । त्यस अवसरमा वोल्ने बक्ताहरुले सहकारीलाई दिगो रुपमा सञ्चालनका लागि नियमीत रुपमा वचत सञ्चालन गर्ने आग्रह गरेका थिए । वचत तथा ऋण लगानी गरेर संहकारीलाई आत्म निर्भर वनाउनु पर्नेमा जोड दएका थिए ।

त्यस अवसरमा राष्ट्रिय सहकारी वैकका प्रवन्धक नारायण वेलवासे, सल्लाहाकार वेगमवहादुर भण्डारी, पुर्व अध्यक्षहरु दीपककुमार श्रेष्ठ, रामहरि शर्मा लगाएतकाले भनाई राखेका थिए ।

त्यस अवसरमा संहकारी संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष एकराज घिमिरेले प्रस्तुत गरेका थिए । सदस्य मुक्ति खरेलको स्वागत मनतव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव लोकराज सुवेदीले गरेका थिए ।