सिन्धुपाल्चोक बस दुर्घटना अपडेट: मृत्यु भएका १५ मध्ये १२ जनाको शनाखत



सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा मृत्यु भएका १५ मध्ये १२ जनाको परिचय खुलेको छ ।

दोलखाको कालिन्चोकबाट भक्तपुरको लागि छुटेको बा ४ ख ४४६८ नम्बरको बस लामोसाँघु जिरी सडकखण्डको ६ किलोमा पल्टिएको हो । घुम्ती नै घुम्ती रहेको सडकमा बस पल्टिदा ज्यान गुमाउनेमा सिन्धुपाल्चोक जुुगल गाउँपालिका ६ का सुकबहादुुर तामाङ्ग, जुुगल ६ का ७ वर्षकी सविना तामाङ्ग, जुगल ७ का रेशमा तामाङ्ग र १५ महिनाकी बालिका रोशनी तामाङ्ग, दोलखा भिमेश्वर नगरपालिकाका अन्दाजी ३७ वर्षकी जुनुुमाया तामाङ, भिमेश्वर नगरपालिका ९ का २८ वर्षकी मञ्जु तामाङ र ४२ वर्षकी लक्ष्मी श्रेष्ठ, रामेछाप उमाकुण्ड गाउँपालिका ५ का महेश तामाङ, सिन्धुपाल्चोक बलेफी गाउँपालिका ७ की ३५ वर्षीया कुलमाया तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखा गाउँपालिका ४ की ५५ वर्षीया गंगामाया लामा, काभ्रेको बेथानचोक गाउँपालिका ५ का ३६ वर्षका रामशरण खत्री र भक्तपुर सूर्यविनायक नगरपालिका ८ का ३२ वर्षीय चिनु बस्नेतको परिचय खुलेको जिल्ला प्रहरी कार्यलय

सिन्धुपाल्चोकका प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए । दुुर्घटनामा घाइते भएका १९ जनाकोे हेम्स, धुलिखेल, केएमसी र सिन्धु सदाबहारलगायतका अस्पतालहरुमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

दोलखाको कालिन्चोक दर्शन गरेर फर्केका उनीहरु शनिबार सिन्धुपाल्चोक मुढेमा बास बसेर बिहान भक्तपुरको सूूर्यविनायक फर्कँदै गर्दा ६ किलोमा दुर्घटना भएको प्रहरी निरीक्षक खनालले जानकारी दिए । गएको कात्तिकमा पनि सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्