सुदरपश्चिमको विकट पहाडी जिल्ला बझाङको सान्दर्भिक दृश्य साईपाल हिमाल उरै भनज्याङ,सुर्मा सरोवर बड्डिजियावन,तपोवन भुमि,खप्तड राष्ट्रिय निकुञ्ज रहेको पर्यटकीय क्षेत्रको एक शौन्दर्य दृश्य मानिन्छ बझाङ जिल्ला ,यति मात्र हैन,सलल बगिरहेको सेतिनदीको मुहान पनि यसै जिल्लामा पर्दछ ।
यस जिल्लाको बिकास समृद्धिमा सबै राजनैतिकदल, देखि जनसमुदायहरु निकै लागिपरेको देखिन्छ । यसै जिल्ला बाट तिब्बत जोडीने देशको छोटो दुरी चैनपुर ताक्लाकोट सडक खण्ड पनि यतै हुँदै जान्छ । यो सडक तिव्रता हुँदै,अगाडि बड्दा यस क्षेत्रको मात्र नभई सिङ्गै नेपालीको समृद्धि हुने देखिन्छ । जसमा बझाङ अझै पर्यटनको स्वर्ग जस्तै हुने छ ।
हामी अहिले बिकासको कुरा गछाै । जलस्रोत तथा सिचाइ विकास डिभिजन बझाङका कार्यालय प्रमुख रामरथ खरेल सँग बिकास बारे थाहा अनलाइनले गरेकाे कुराकानी
तपाईं बझाङ आएको कति भयो ?
म बझाङ जिल्ला को जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय बझाङमा आएको करिव एक बर्ष भन्दा बढी भएको छ ।
तपाई बझाङ आउदा कस्तो महसुस भैईरहेको छ ?
मलाई अत्यन्तै खुसि लागिरहेको छ । यो जिल्ला स्वार्ग जस्तै लाग्छ रमाइलो भईरहेको छ ।
तपाईं सिचाइ डिभिजन प्रमुख हुनुहुन्छ,आईपरेका समस्या केही छन ?
म धेरै स्थानमा बसे,तर बझाङ जिल्लामा आए देखि काम गर्दा र गराउदा अहिलेसम्म कुनै समस्या आएको छैन । यकदमै राम्रोसँग काम भैईरहेको छ । जिल्लामा रहेका स्थानीय तहमा गएर र त्याहाको विकास बारे अगाडि बढेको छ ।
खरेल जि तपाईले काम गर्दै जादा राजनैतिक दवाव कत्तिको आउन्छ ?
यो प्रश्न सबैले गर्छन् तपाईले पनि गर्नु भयो खुसि लाग्यो ,मलाई कुनै पाटीको पनि दवाव छैन । हाम्रो कार्यालयमा स्वतन्त्रता पुर्वक काम भैईरहेको छ । हामी स्थानीय जनसमुदायको बिकासमा छौ । हाम्रो गाउँघर बढी जस्तो भिरपाखामा हुन्छ । त्याहा तपाईंलाई थाहै छ । हामी त्यसै पनि कृषि प्रदान देशको मान्छे । हाम्रो बझाङमा धेरै कृषि खेति गरिन्छ हाम्रो कार्यालयले सिचाइ सम्वन्धि काम गर्छु । हामी हामी यस्तै व्यस्ततामा छौ ।
खरेल जि यतिबेला तपाईंको कार्यालयले सिचाइ सम्वन्धि काम गरिरहदा नेता र पौउच वालाको काम गर्नु हुन्छ भन्ने सुन्नमा आउन्छनी के हो ?
हैन उत्तम जि तपाईं लाई थाहै छ । भन्नेले त जे पनि भन्छन । तर हामिले पौच र नेताको काम भन्दा जहा आवश्यक परेको छ । जुन गाउघरमा जनताको पहुच छ तर सिचाइ कुलो पुगेको छैन । पत्यक्ष जनसमुदाय लाई लाभ कहाँ हुन्छ । जनताले चाहेको कहाँ हो मैले र मेरो कार्यालयमा काम गर्ने कर्मचारीले नेताको भनसुन भन्दा त्यसै बस्तीमा जोड दिएका छौ । हाम्रो कार्यमा तपाईं जान्नु हुन्छ धेरै स्थानमा कामहरु धमाधम भैईरहेका छन ।
खरेल जि तपाईंको रातो किताबमा कतिपय योजनाको बजेट देखिन्छ ,कतिपयमा सुन्ना बजेट देखाएको पाईन्छ नि यो कस्तो हो ?
यो कुरा सहि भन्नू भयो उत्तम जि सबै जनसमुदायहरुको चासोको विषय पनि छ । सबै रातो किताब हेर्छन मलाई सोधछन । जनताले यो भनेको नेताको पहुचमा परेको तर ठुलो योजना साथै भन्नू पर्दा डिपियार नभएको योजनामा सुन्ने बजेट देखिन्छ । तर यो पनि विकास निर्माण नै हो । यसको पनि काम हुँदै जान्छ स्टमेट अनुसार स्टमेट उठाउनु पर्छ जनताले हाम्रो कार्यालयका कर्मचारी गाउँघरमा गैईरहेका छन । धेरै स्थानमा म आफै पनि गएर हेरेको छु । अहिले हामी गाउँघर तिर गएर सर्वे गरिरहेका छौ । जहा आवश्यकता छ त्यो योजनालाई बिशेष प्राथमिकता दिएका छौ।
त्यासो भए बझाङ विकासका कार्यलाई प्रथामिक्ता दिदै हुनुहुन्छ ?
हो हामी सबैले बझाङ विकासमा लाग्नु पर्छ । हामि पनि लागेका छौ । बझाङ जिल्ला पर्यटनको दृश्यले भरिपूर्ण छ । सबैलाई बझाङको एरपोट छिटो छरितो सुधारर्नु पर्छ हाम्रो नेताहरुले बझाङ विकासका कार्यलाई तिर्वता दिनु पर्छ । चैनपुर ताक्लाकोट लाई पहिलो प्रथामिक्तामा राख्नु पर्छ भन्ने मेरो भनाइ छ । धन्यवाद ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।