२९ मंसिर २०७६
मिति २०६१।०१।२६ गते जिल्ला नुवाकोट साबिक गोस्याङ गा.बि.स वडा न २ हाल परिवर्तित तारकेश्वर गाउपालिका वडा न ५ मा बस्ने वाङदेन लामाको छोरा वर्ष १५ को लैलु लामालाई निम्न उल्लेखित मानिसहरुले कुटपिट गरी घाईते बनाई फरार भएकोमा निज लैलु तामाङको मिति २०६१।१।२९ गते उपचारको क्रममा मृत्यु भएको ज्यान सम्बन्धी कसुर (कर्तब्य ज्यान ) मुद्दाका उल्लेखित प्रतिवादीहरुलाई खोज तलासको क्रममा मिति २०७६।०८।२८ गते जिल्ला काठमाण्डौ काठमाण्डौ महानगरपालिका वडा न १७ ढल्कु स्थितबाट प्रहरी टोलीले पक्राउ गरी मिति २०७६।८।२९ गते नुवाकोट जिल्ला अदालतबाट म्याद लिई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट आवश्यक अनुसन्धान भई रहेको छ।
निम्न उल्लेखित पक्राउ प्रतिवादीहरु:-
१. जिल्ला नुवाकोट साबिक गोस्याङ गा.बि.स वडा न ८ हाल ऐ तारकेश्वर गाउपालिका वडा न ५ बस्ने बिर बहादुर लामा (तामाङ) को छोरा वर्ष ४० को सन्त बहादुर तामाङ ।
२.ऐ ऐ बस्ने सार्की लामाको छोरा वर्ष ३२ को केशव लामा ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।